धादिङको १३ वटै पालिकाहरुमा मतगणना जारी, विवरण आउन सुरु

धादिङ,३१ बैशाख ।
धादिङको १३ वटै पालिकाहरुमा मतगणना सुरु भएको छ । धुनिबेसी नगरपालिका र निलकण्ठ नगरपालिकामा दिउँसो १ बजेदेखी वडा नम्बर १ बाट मतगणना सुरु गरिएको छ । गल्छीमा राती २ बजेबाट मतगणना सुरु भएको हो भने थाक्रे, नेत्रावती डबजोङ, सिद्धलेक, खनियाबास, रुबीभ्याली, गंगाजमुना, त्रिपुरासुन्दरी, बेनिघाट रोराङ, ज्वालामूखीमा दिउँसोबाट मतगणना सुरु भएको छ ।

सबै पालिकाको वडा नम्बर १ बाट मतगणना सुरु भएको छ । मूख्य निर्वाचन अधिकृत रमेश ज्ञावालीका अनुसार प्रत्येक मतगणना स्थलमा सिसि क्यामरा जडान गरेर निर्वाचन आयोगले निगरानी गरेको छ भने मतगणना स्थलमा तारजालीले बारेर सुरक्षित गरिएको छ ।

मतगणना स्थलमा उम्मेदवार प्रतिनिधिहरुको सहभागिता रहेको छ भने स्थलमा जाने गणक, तथा प्रतिनिधहरुलाई मोबाइल तथा क्यामरा लान निषेध गरिएको छ । नेकपा एमाले र गठबन्धन बिच प्रतिस्पर्धा रहेको जिल्लाका स्थानीय तह निर्वाचनमा उत्साहपूर्वक मतदान भएको थियो ।
अहिले मतगणनाको प्रारम्भिक नतिजाहरु आउन थालेको छ ।

यो समाचार तयार पार्दासम्म गल्छी गाउपालिका वडा १ नम्बरमा शनिबार बिहानबाट सुरु भएको मतगणनामा २ हजार मत गन्दा गाउँपालिका अध्यक्षमा सूर्य चिन्हका केदार खतिवडाले ११ सय ५२ मत पाउनुभएको छ भने नेकपा समाजबादीका कृष्णहरी श्रेष्ठले ७ सय १२ मत पाउनुभएको छ ।

यसैगरि उपाध्यक्षमा रुख चिन्हका नेपाली काँग्रेसका भाइकाजी तिवारीले ९ सय ९५ मत पाउनु भएको छ भने नेकपा एमालेका राधा तिमल्सीनाले ९ सय ८५ मत पाउनुभएको छ ।

यस्तै ज्वालामुखी गाउँपालिकामा हाल गाउँपालिका अध्यक्षमा रुख चिन्ह ७७, सुर्यमा ८१ ,उपाध्यक्षमा कलम चिन्ह ५६ , सुर्य ६८ र हसिया हथौडामा ३६ मत प्राप्त भएको छ ।

नेत्रावती डबजोङ गाउपालिकामा २०० मत गणना सकिएको छ । वडा नं १ बाट शुरु भएको मतगणनामा २०० मत गणनामा गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार उर्मिला तामाङ गुरुङले ७१, नेपाली काग्रेसका अध्यक्ष पदका उम्मेदवार मेघराज रिजालले ५३ र नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार सुर्वण रिमालले १४ मत प्राप्त गरेका छन् । अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार उत्तम अधिकारीले ३१ मत प्राप्त गरेका छन् ।

यसै गरी उपाध्यक्ष पदमा नेपाली काग्रेस बाट उम्मेदवारी दिएकी सितामाया गुरुङले ७३ मत ल्याएकी छिन् । एकिकृत समाजबादि बाट गोपाल गुरुङले ५४ र नेकपा एमाले बाट बिना कुमारी मम्मा तामाङले २१ ल्याएकी छिन् । वडा न १ को वडा अध्यक्ष पदमा काग्रेसले ८५,माओवादीले ५६ र नेकपा एमालले १९ मत ल्याएका छन् ।

नीलकण्ठ नगरपालिकामा ५० मत गणना गर्दा गठबन्धनबाट मेयरमा १३, एमालेको १४ मत रहेको छ भने उपप्रमुखमा गठबन्धनबाट २३, एमालेको १८ मत रहेको छ ।

सिद्धलेक गाउँपालिकामा वडा नं १ बाट मतगणना सुरु गरिएको छ । यो समाचार तयार पार्दासम्म १५० मत गणना गर्दा अध्यक्षमा गठबन्धनको १२२, सुर्य ६६, उपाध्यक्षमा गठबन्धनको ११२, सुर्य ६४, वडाध्यक्षमा गठबन्धनको १२६, सुर्यमा ६४ मत प्राप्त भएको छ । खनियावास गाउँपालिका प्रमुखमा एमाले २२७, राप्रपा ५१ ,गठबन्धन १००, उपप्रमुखमा माआवादी १०९, एमाले ९६, राप्रपा १०३ मत रहेको छ ।

गजुरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता कायम गरेको छ । हाल १४५ मत गणना गर्दा प्रमुख पदमा माओवादी केन्द्र ६१, काँग्रेसको ५८ र एमालेको ४३ मत रहेको छ ।

रुबीभ्याली १ मा २०० मत गणना गर्दा अध्यक्षमा माओवादी ७७, राप्रपा ९७,एमालेको ३ मत आएको छ । त्यस्तै उपाध्यक्षमा काँग्रेस ८४, राप्रपा ९० र एमालेको ३० मत रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्