नीलकण्ठ–१ र बेनीघाट रोराङ–२ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी

धादिङ,०१ जेष्ठ ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १ र बेनीघाट रोराङ वडा नम्बर २ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् ।

नीलकण्ठ १ को वडा अध्यक्षमा माओवादीका गणेश गुरुङले ६५५ मत ल्याउँदै विजयी भएका हुन् भने उनको निकटम प्रतिद्वन्दी एमालेका मानबहादुर तामाङले ४६५ मत, कांग्रेसका भुपाल गुरुङले ९० मत ल्याएका थिए ।

नीलकण्ठ १ बाट पालिका अध्यक्ष तर्फ गठबन्धन रुखले ४२६ मत, सुर्यले ३३८ मत, उपप्रमुखमा गठबन्धन हसिया हथौडा ५४१ मत, सुर्य ३६२ मत, गुलाव१९० मत प्राप्त गरेको छ ।

यस्तै बेनीघाट रोराङ २ को अध्यक्षमा एमालेका विष्णु थपालिका र कांग्रेका ठाकुर मैनालीलाई हराउदै माओवादी केन्द्रका उम्मेदवार हेम भुजेल विजयी भएका छन् । अध्यक्षका लागि माओवादीका भुजेलले १०३२ मत ल्याएका थिए भने उनको निकटतम प्रतिद्वन्दी एमालेका थपालिकाले ८६७ मत ल्याएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्