नेत्रावती डबजोङ–१ मा काग्रेसका ठाकुर गुरुङको प्यानल नै बिजयी

धादिङ,०१ ज्येष्ठ ।
धादिङको नेत्रावती डबजोङ गाउपालिका वडा न १ को वडा अध्यक्षमा नेपाली काग्रेसका ठाकुर गुरुङ बिजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवार चन्द्र बहादुर पल्लि मगरलाई १९२ मतान्तरले पराजित गर्दै काग्रेस गुरङ बिजयी भएका हुन् ।

उनले ६०३ मत हासिल गरे भने यसअघि पनि वडा अध्यक्ष रहेका माओवादी केन्द्रका उम्मेदवार चन्द्र पल्लि मगरलले ४११ मत हासिल गरेका छन् । नेत्रावती डबजोङ गाउपालिका वडा न १ मा ठाकुर गुरुङको प्यानल नै आएको छ ।

नेपाली काग्रेस बाट महिला सदस्यले ४८३, दलित महिला सदस्यले ५०३,वडा सदस्य १ ले ४६८ र वडा सदस्य २ ले ४६१ मत हासिल गर्दै बिजयी भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्