अपडेट:ज्वालामुखी–१ मा एमालेका गिरी र धुनीबेशी–१ मा माओवादीका तामाङ विजयी

धादिङ,०१ जेष्ठ ।
धादिङको धुनीबेशी नगरपालिका वडा नम्बर १ मा गठबन्धन तर्फका उम्मेदवार माओवादी केन्द्रका मानबहादुर तामाङ बिजयी भएका छन् । उनले १ हजार ५१ मत प्राप्त गरी प्यानल नै बिजयी भएको छ ।

उनको निकटम प्रतिद्वन्दी एमालेका उम्मेदवारले ८७६ र राप्रपाले ६८ मत प्राप्त गरेको छ । त्यसैगरी धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार कृष्ण गिरी विजयी भएका छन् । गिरीले ५०१ मत ल्याउँदै विजयी भएका हुन् भने उनको निकटम प्रतिद्वन्दी काँग्रेसका इश्वर आले मगरले ४९४ मत ल्याएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्