धादिङमा ११ वडाको नतिजा : कांग्रेसले ४ जित्दा एमाले, माओवादी र समाजबादीले कति ?

धादिङ,०१ जेठ ।
धादिङको १०४ वडामध्ये ११ वडाको नतिजा सार्वजनिक भएको छ । ११  मध्ये कांग्रेसले ४, एमालेले ३, माओवादी केन्द्रले ३ वडामा जित हासिल गरेको छ।

कांग्रेसले कहाँ कहाँ जित्यो ?
बेनिघाट रोराङ–३ मा गठबन्धनबाट कांग्रेसका ऋषिनाथ त्रिपाठि
रुवी भ्याली–१ मा गठबन्धनतर्फ कांग्रेसका पम्बर तामाङ
नेत्रावती डबजोङ–१ मा काग्रेसका ठाकुर गुरुङ
बेनिघाट रोराङ गाउँपालिका–१ को वडाध्यक्षमा काँग्रेसका जिवन सिं तामाङ

एमालेले जितेका वडा
ज्वालामुखी–१ को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार कृष्ण गिरी
गल्छी–१ मा नेकपा एमालेबाट उम्मेदवारी दिएका यदु कुमार खतिवडा
गल्छी–२ मा नेकपा एमालेका उम्मेदवार षडानन्द खनाल

माओवादी केन्द्रले जितेका वडा
नीलकण्ठ १ को वडा अध्यक्षमा गणेश गुरुङ
बेनीघाट रोराङ २ को अध्यक्षमा हेम भुजेल
धुनीबेशी नगरपालिका वडा नम्बर १ मा मानबहादुर तामाङ

एकिकृत समाजबादीले जितेका वडा
रुवी भ्याली–२ को अध्यक्षमा गठबन्धनबाट एकिकृत समाजबादीका रुप घले

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्