धादिङमा १९ वडाको नतिजा : माओवादीले ७ जित्दा एमाले, काँग्रेस र समाजबादीले कति ?

धादिङ,०१ जेठ ।
शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । धादिङमा १३ वटा स्थानिय तह र १०४ वटा वडा रहेको छ । अहिले १०४ वटा वडामध्ये १९ वटाको मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमा माओवादी केन्द्रले ७, एमालेले ५, कांग्रेसले ४, राप्रपाले २ र एकिकृत समाजबादीले १ वडामा वडाध्यक्ष पद जितेको छ ।

एमालेले जितेका वडा
ज्वालामुखी–१ को वडा अध्यक्षमा कृष्ण गिरी
गल्छी–१ मा यदु कुमार खतिवडा
गल्छी–२ मा षडानन्द खनाल
थाक्रे–१ मा श्याम थापा विजयी
बेनिघाट रोराङ वडा नम्बर ३ मा भुवन त्रिपाठी बिजयी

कांग्रेसले जितेका वडा
रुवी भ्याली–१ मा गठबन्धनतर्फ कांग्रेसका पम्बर तामाङ
नेत्रावती डबजोङ–१ मा काग्रेसका ठाकुर गुरुङ
बेनिघाट रोराङ गाउँपालिका–१ को वडाध्यक्षमा काँग्रेसका जिवन सिं तामाङ
ज्वालामुखी गाउँपालिका वडा नं २ को वडाध्यक्षमा राजु लोप्पा

माओवादी केन्द्रले जितेका वडा
नीलकण्ठ नगरपालिका वडा नं १ गणेशबहादुर गुरुङ
धुनीबेसी नगरपालिका वडा नं १ मानबहादुर तामाङ
गंगाजमुना गाउँपालिका वडा नं १ बहादुर सिङ लामा
बेनिघाट रोराङ गाउँपालिका वडा नं २ हेमराज भुजेल
सिद्धलेक गाउँपालिका वडा नं १ मा पेमा लामा
गल्छी गाउँपालिका–३ मा राजन भुजेल
गजुरी गाउँपालिका–१ मा तारा भन्डारी

राप्रपाले जितेका वडा
खनियावास गाउँपालिका वडा नं १ मा सोनम तामाङ विजयी
खनियावास गाउँपालिका वडा नं २ मा अरुण कुमार पाख्रिन विजयी

एकिकृत समाजबादीले जितेका वडा
रुवी भ्याली–२ को अध्यक्षमा रुपा घले

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्