धादिङबेशीमा उद्योग व्यवसाय तथा पसलहरु नियमित खुल्ने

धादिङबेशीमा विभिन्न व्यापार व्यवसाय तथा उद्योगहरु पूर्णरुपमा खुल्ने भएको छ । गत असोज ३ गतेदेखि दैनिक ५ घण्टा मात्रै खुल्दै आएको धादिङबेशी बजार अबबाट बिहानदेखि बेलुकी ८ बजेसम्म सञ्चालन गर्न पाउने भएको हो । सोमबार धादिङ उद्योग बाणिज्य सङ्घले एक सूचना जारी गर्दै बिहानदेखि बेलुकी ८ बजेसम्म उद्योग व्यवसाय सञ्चालन गर्न अनुरोध गरेको हो ।

धादिङ उद्योग बाणिज्य सङ्घका अध्यक्ष रुद्रबहादुर खत्रीद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ,जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले यसअघि असोज ३ गतेदेखि नीलकण्ठ नगरपालिका आसपासका बजारहरुमा बिहान ९ देखि ३ बजेसम्म व्यापार व्यवसाय खोल्न अनुमति दिएको थियो ।

उक्त निर्णयलाई पूनर्विचार गरी पुरै समय उद्योग व्यवसाय संचालन गर्ने व्यवस्था मिलाउन धादिङ उद्योग बाणिज्य सङं्घले गरेको अनुरोधलाई स्थानिय प्रशाशनले आत्मसाथ गर्दै स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गरी बिहान देखी बेलुकी ८ बजेसम्म उद्योग व्यवसाय सञ्चालन गर्न पाईने जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्