धादिङमा सोमबार १८ संक्रमित थपिए,सङ्ख्या ११ सय ४८ पुग्यो(विवरण सहित)

धादिङमा पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना पुष्टि भएको छ । थपिएका संक्रमितहरु धादिङको नीलकण्ठ नगरपालिकाका ११ जना, बेनिघाट रोराङका ४ जना, ज्वालामुखीका १ जना, सिद्धलेक गाउँपालिकाका १ जना र धुनीबेशी नगरपालिकाका १ जना रहेको स्वास्थ्य कार्यलय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो ।

सोमबार थपिएका संक्रमितहरुमा २३ बर्षदेखी ७० बर्ष उमेर समुहका ७ जना महिला र ११ जना पुरुष रहेका छन् । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार १ सय ४८ पुगेको छ । जिल्लाको १३ स्थानीय तहमध्ये नीलकण्ठ नगरपालिकामा ३ सय ६६ जना संक्रमित पुगेको छ । गल्छीमा १ सय ३९ जना, त्रिपुरासुन्दरीमा ९५ जना, बेनिघाट रोराङमा ८४ जना र ज्वालामुखी गाउँपालिकामा ८२ जनापुगेको छ ।

यसैगरी गजुरीमा ७३, थाक्रेमा ६३ जना, धुनीबेसीमा ५२ जना, सिद्धलेकमा ३४,नेत्रावती डबजोङमा २९, खनियाबासमा २८ जना, गंगाजमुनामा २६ जना, रुविभ्यालीमा १२ जना, धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ८ जना, धादिङ अस्पतालका ६३ जना र स्वास्थ्य कार्यालय धादिङका ४ जना गरी १ हजार १ सय ४८ जना रहेका छन् ।

धादिङका जम्मा संक्रमित मध्ये ७ सय ७१ जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी ३ सय ७७ जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यस्तै संक्रमितहरुमा सोमबार एकैदिन ८९ जना संक्रमण मूक्त भई डिस्चार्ज भएर घर फर्किएका छन् । यो सँगै निको हुनेको कुल सङ्ख्या ८ सय २६ पुगेको हेल्थ असिस्टेन्ट रिजालले बताउनुभयो ।यस्तै जिल्लामा अहिले सक्रिय केशको सङ्ख्या ३ सय १ जना रहेका छन् भने आजसम्म सरकारी तवरले स्वाव संकलन गरि परिक्षणको लागी पठाएको ७३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । सोमबार संक्रमणबाट थप १ जनाको मृत्यु भएसँगै जिल्लामा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्