धादिङको २३ वडामा मतगणना सकियो:माओवादी केन्द्रको अग्रता(हेर्नुहोस कहाँ-को निर्वाचित ?)

धादिङ,०१ जेठ ।
शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

धादिङमा १३ वटा स्थानिय तह र १०४ वटा वडा रहेको छ । अहिले १०४ वटा वडामध्ये २३ वटाको मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमा माओवादी केन्द्रले ८, कांग्रेसले ६, एमालेले ५, राप्रपाले २ र एकिकृत समाजबादीले २ वडामा वडाध्यक्ष पद जितेको छ ।

पछिल्लो नतिजा अनुसार बेनीघाट रोराङ गाउंपालिका वडा नं ४ को वडाध्यक्षमा माओबादी केन्द्रका राजु बहादुर मगर विजयी हुनुभएको छ । नेत्रावती डबजोङ गाउँपालिकाको–२ मा नेपाली कांग्रेसका मिनबहादुर तामाङ विजयी हुनुभएको छ । धुनीबेसी नगरपालिका २ मा गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका लक्ष्यजित तामाङ हुनुभएको छ ।

धुनीबेशी नगरपालिका वडा नं ३ मा काँग्रेसका प्रकाश हमाल बिजयी हुनुभएको छ । गजुरी गाउँपालिकावडा नं–१ मा माओवादी केन्द्रका तारा भन्डारी बिजयी हुनुभएको छ । ज्वालामुखी गाउँपालिका वडा नं २ को वडाध्यक्षमा काँगे्रसका राजु लोप्पा बिजयी हुनुभएको छ ।

बेनिघाट रोराङ वडा नम्बर ३ मा एमालेका भुवन त्रिपाठी बिजयी हुनुभएको छ । सिद्धलेक गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका पेमा वाङ्ग्याल लामा विजयी हुनुभएको छ । यस्तै खनियावास गाउँपालिकाको वडा नं १ मा राप्रपाका सोनम तामाङ र वडा नम्बर २ मा राप्रपाकै अरुण कुमार तामाङ विजयी हुनुभएको छ ।

यस्तै थांक्रे गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका श्याम थापा विजयी हुनुभएको छ । यस्तै गंगाजमुना गाउँपालिकाको वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका बहादुर सिं लामा विजयी हुनुभएको छ । यस्तै बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका हेमराज भुजेल विजयी हुनुभएको छ ।

गल्छी गाउँपालिकाको वडा नम्बर २ मा नेकपा एमालेका षडानन्द खनार्ल विजयी हुनुभएको छ । यस्तै रुविभ्याली गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादीका रुपा घले विजयी हुनुभएको छ ।

यस्तै धुनिवेशी नगरपालिका वडा नम्बर १ मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका मान बहादुर तामाङ विजयी हुनुभएको छ । नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका ठाकुर गुरुङ विजयी हुनुभएको छ ।

ज्वालामुखी गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका कृष्ण गिरी विजयी हुनुभएको छ । नीलकण्ठ नगरपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका गणेश गुरुङ विजयी हुनुभएको छ ।

यस्तै रुविभ्याली गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका पम्बर तामाङ विजयी हुनुभएको छ । बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका जीवन सिंह तामाङ विजयी हुनुभएको छ ।

गल्छी गाउँपालिकाको वडा नम्बर १ मा यदुकुमार खतिवडा विजयी हुनुभएको छ । गल्छी गाउँपालिकाको वडा नम्बर ३ मा गठबन्धनको माओवादी केन्द्रमा राजन भुजेल विजयी हुनुभएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्