नेत्रावती डवजाेङ-२ मा कांग्रेसका मिनबहादुर तामाङ विजयी

नेत्रावती डवजाेङ गाउँपालिका वडा नं २ मा नेपाली काँग्रेसका मिन बहादुर तामाङ विजयी भएका छन् ।

उनले ३ सय १० मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका सुन्दर थापाले जम्मा १ सय ३८ मत मात्रै प्राप्त गरेका थिए । २०७४ को निर्वाचनमा उनै सुन्दर थापा माओवादीबाट २ सय ५९ मत ल्याएर विजयी भएका थिए ।

यस पालिकाकाे १ मा कांग्रेस कै ठाकुर गुरुङले जितेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्