आज पाँच वटा प्रदेशमा वर्षाकाे सम्भावना, भाेलि हावाहुरी चल्नसक्ने

काठमाडाैं, २ जेठ

आज मुलुकका केही क्षेत्रकाे वर्षाकाे सम्भावना छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसाे प्रदेश १, बागमती  र गण्डकीका थोरै स्थान तथा लुम्बिनी र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

हाल नेपालमा स्थानीय वायु र भारतको बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखाको प्रभाव छ ।

राति प्रदेश १ र  गण्डकीका केही स्थान तथा बागमती र लुम्बिनीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

मंगलबार देशका केही स्थानमा मेघ गर्जन र चटयाङहावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति प्रदेश १, मधेश र लुम्बिनीका केही स्थान तथा गण्डकी र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा  मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्