धादिङको ३० वडामा मतगणना सकियो,माओवादीले ९ वडा जित्दा कांग्रेस,एमालेले कति ?(हेर्नुहोस कहाँ को निर्वाचित ?)

धादिङ,०२ जेठ ।
शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

धादिङमा १३ वटा स्थानिय तह र १०४ वटा वडा रहेको छ । अहिले १०४ वटा वडामध्ये ३० वटाको मतपरिणाम सार्वजनिक भइसकेको छ। जसमा माओवादी केन्द्रले ९, कांग्रेसले ८, एमालेले ५, राप्रपाले ३ र एकिकृत समाजबादीले ४ र जसपाले १ वडामा वडाध्यक्ष पद जितेको छ।

पछिल्लो नतिजा अनुसार गंगाजमुना गाउँपालिका वडा नं ७ मा एकिकृत समाजबादीका रविन अधिकारी बिजयी हुनुभएको छ ।
रुवी भ्याली–३ मा जसपाका फे दोर्जे तामाङ बिजयी हुनुभएको छ ।
खनियाबास–३ मा राप्रपाका कमानसिङ तमाङ बिजयी हुनुभएको छ ।
धुनिबेशी नगरपालिका–४ मा एकिकृत समाजबादीका हरि सुवेदी बिजयी हुनुभएको छ ।
गल्छी गाउँपालिका–४ मा काँग्रेसका राजु अधिकारी बिजयी हुनुभएको छ ।
निलकण्ठ नगरपालिका वडा नं २ अध्यक्षमा माओवादि केन्द्रका ध्वज बहादुर गुरुङ बिजयी हुनुभएको छ ।
गजुरी गाउँपालिका–२ को अध्यक्षमा काङ्ग्रेसका दोर्ण कडेल बिजयी हुनुभएको छ ।
बेनीघाट रोराङ गाउंपालिका वडा नं ४ को वडाध्यक्षमा माओबादी केन्द्रका राजु बहादुर मगर विजयी हुनुभएको छ ।
नेत्रावती डबजोङ गाउँपालिकाको–२ मा कांग्रेसका मिनबहादुर तामाङ विजयी हुनुभएको छ ।
धुनीबेसी नगरपालिका २ मा एकीकृत समाजवादीका लक्ष्यजित तामाङ हुनुभएको छ ।
धुनीबेशी नगरपालिका वडा नं ३ मा काँग्रेसका प्रकाश हमाल बिजयी हुनुभएको छ ।
गजुरी गाउँपालिका वडा नं–१ मा माओवादी केन्द्रका तारा भन्डारी बिजयी हुनुभएको छ ।
ज्वालामुखी गाउँपालिका वडा नं २ को वडाध्यक्षमा काँगे्रसका राजु लोप्पा बिजयी हुनुभएको छ ।
बेनिघाट रोराङ वडा नम्बर ३ मा एमालेका भुवन त्रिपाठी बिजयी हुनुभएको छ ।
सिद्धलेक गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका पेमा वाङ्ग्याल लामा विजयी हुनुभएको छ ।
खनियावास गाउँपालिकाको वडा नं १ मा राप्रपाका सोनम तामाङ र वडा नम्बर २ मा राप्रपाकै अरुण कुमार तामाङ विजयी हुनुभएको छ ।
यस्तै थांक्रे गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका श्याम थापा विजयी हुनुभएको छ ।
गंगाजमुना गाउँपालिकाको वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका बहादुर सिं लामा विजयी हुनुभएको छ ।
बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका हेमराज भुजेल विजयी हुनुभएको छ ।
गल्छी गाउँपालिकाको वडा नम्बर २ मा नेकपा एमालेका षडानन्द खनार्ल विजयी हुनुभएको छ ।
रुविभ्याली गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा एकिकृत समाजवादीका रुपा घले विजयी हुनुभएको छ ।
धुनिवेशी नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका मान बहादुर तामाङ विजयी हुनुभएको छ ।
नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका ठाकुर गुरुङ विजयी हुनुभएको छ ।
ज्वालामुखी गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका कृष्ण गिरी विजयी हुनुभएको छ ।
नीलकण्ठ नगरपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका गणेश गुरुङ विजयी हुनुभएको छ ।
रुविभ्याली गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका पम्बर तामाङ विजयी हुनुभएको छ ।
बेनिघाट रोराङ गाउँपालिका–१ को वडाध्यक्षमा काँग्रेसका जिवन सिं तामाङ विजयी हुनुभएको छ ।
गल्छी गाउँपालिकाको वडा नम्बर १ मा यदुकुमार खतिवडा विजयी हुनुभएको छ ।
गल्छी गाउँपालिकाको वडा नम्बर ३ मा गठबन्धनको माओवादी केन्द्रमा राजन भुजेल विजयी हुनुभएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्