धादिङमा जसपाको पहिलो जित,गठबन्धन र राप्रपालाई पराजित गर्दै फे दोर्जे तामाङले जिते वडा

धादिङ,०२ जेठ ।
धादिङमा पहिलो पटक जनता समाजवादीले वडामा जित निकालेको छ । रुबीभ्याली गाउँपालिका वडा नम्बर ३ मा गठबन्धन र राप्रपालाई पछि पार्दै जनता समाजवादी पार्टीका फेदोजे तामाङ विजयी भएका हुन् ।

फे दोर्जेले ५ सय ३ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्दी गठबन्धनबाट नेकपा एकीकृत समाजबादीका उम्मेदवार ३ सय ८७ र राप्रपाका उम्मेदवारले २ सय ६८ मत प्राप्त गरेका छन् ।

पालिकाको अध्यक्ष तथा उपाध्यक्षमा भने गठबन्धननै अगाडी रहेको छ । गठबन्धनबाट अध्यक्षका उम्मेदवारले ६ सय ५३ मत पाएका छन् भने राप्रपाका उम्मेदवारले ४ सय ४३ मत पाएका छन् । यसैगरी उपाध्यक्षमा पनि गठबन्धनकै उम्मेदवार अगाडी रहेका छन् ।

गठबन्धनको उम्मेदवारले ६ सय ७३ मत पाएका छन् भने राप्रपाका उम्मेदवारले २ सय २३ मत प्राप्त गरेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्