धादिङका थप २७ जनामा कोरोना पुष्टि,संक्रमित सङ्ख्या ११ सय ७५ पुग्यो

धादिङमा पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना पुष्टि भएको छ । थपिएका संक्रमितहरु धादिङको गल्छी गाउँपालिकाका ८ जना, त्रिपुरासुन्दरी गाउँपालिकाका ७ जना, धादिङ अस्पतालका ४ जना, नीलकण्ठ नगरपालिकाका ३ जना रहेको स्वास्थ्य कार्यलय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो ।

यस्तै नेत्रावती डवजोङ गाउँपालिकाका २ जना, धुनिबेशी नगरपालिकाका १ जना, बेनिघाट रोराङका १ जना, गजुरीका १ जना रहेका छन्। मंगलबार थपिएका संक्रमितहरुमा १४ बर्षदेखी ७५ बर्ष उमेर समुहका ४ जना महिला र २२ जना पुरुष रहेका छन् । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार १ सय ७५ पुगेको छ ।यसैगरी जिल्लाको १३ स्थानीय तहमध्ये नीलकण्ठ नगरपालिकामा ३ सय ६९ जना संक्रमित पुगेको छ । गल्छीमा १ सय ४७ जना, त्रिपुरासुन्दरीमा १ सय २ जना, बेनिघाट रोराङमा ८५ जना र ज्वालामुखी गाउँपालिकामा ८२ जनापुगेको छ । यस्तै गजुरीमा ७४, थाक्रेमा ६३ जना, धुनीबेसीमा ५३ जना, सिद्धलेकमा ३४,नेत्रावती डबजोङमा ३१, खनियाबासमा २८ जना, गंगाजमुनामा २६ जना, रुविभ्यालीमा १२ जना, धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ८ जना, धादिङ अस्पतालका ६७ जना र स्वास्थ्य कार्यालय धादिङका ४ जना गरी १ हजार १ सय ७५ जना रहेका छन् ।

धादिङका जम्मा संक्रमित मध्ये ७ सय ९० जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी ३ सय ८५ जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यस्तै संक्रमितहरुमा मंगलबार एकैदिन थप ४५ जना संक्रमण मूक्त भई डिस्चार्ज भएर घर फर्किएका छन् ।

यो सँगै निको हुनेको कुल सङ्ख्या ८ सय ७१ पुगेको हेल्थ असिस्टेन्ट रिजालले बताउनुभयो ।यस्तै जिल्लामा अहिले सक्रिय केशको सङ्ख्या २ सय ८३ जना रहेका छन् भने आजसम्म सरकारी तवरले स्वाव संकलन गरि परिक्षणको लागी पठाएको ६० जनाको रिपोर्ट आउन बाँकी रहेको छ । धादिङमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्