धादिङमा संक्रमित संङ्ख्या ११ सय ९० पुग्यो,थप १५ जनामा पुष्टि

धादिङमा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना पुष्टि भएको छ । थपिएका संक्रमितहरु धादिङको नीलकण्ठ नगरपालिकाका ५ जना, धुनिबेशी नगरपालिकाका २ जना, त्रिपुरासुन्दरी गाउँपालिकाका २ जना,थाक्रे गाउँपालिकाका २ जना रहेको स्वास्थ्य कार्यलय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो । यस्तै गल्छी गाउँपालिकाका १ जना, गजुरीका १ जना, ज्वालामुखीका १ र गंगाजमुना गाउँपालिकाका १ जना रहेका छन् । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार १ सय ९० पुगेको छ ।

जिल्लाको १३ स्थानीय तहमध्ये नीलकण्ठ नगरपालिकामा ३ सय ७४ जना संक्रमित पुगेको छ । गल्छीमा १ सय ४८ जना, त्रिपुरासुन्दरीमा १ सय ४ जना, बेनिघाट रोराङमा ८५ जना र ज्वालामुखी गाउँपालिकामा ८३ जनापुगेको छ ।यस्तै गजुरीमा ७५, थाक्रेमा ६५ जना, धुनीबेसीमा ५५ जना, सिद्धलेकमा ३४,नेत्रावती डबजोङमा ३१, खनियाबासमा २८ जना, गंगाजमुनामा २७ जना, रुविभ्यालीमा १२ जना, धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ८ जना, धादिङ अस्पतालका ६७ जना र स्वास्थ्य कार्यालय धादिङका ४ जना गरी १ हजार १ सय ९० जना रहेका छन् ।

धादिङका जम्मा संक्रमित मध्ये ७ सय ९० जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी ३ सय ९० जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यस्तै संक्रमितहरुमा बुधबार थप ३ जना संक्रमण मूक्त भई डिस्चार्ज भएर घर फर्किएका छन् । यो सँगै निको हुनेको कुल सङ्ख्या ८ सय ७४ पुगेको हेल्थ असिस्टेन्ट रिजालले बताउनुभयो ।

यस्तै जिल्लामा अहिले सक्रिय केशको सङ्ख्या २ सय ९५ जना रहेका छन् भने आजसम्म सरकारी तवरले स्वाव संकलन गरि परिक्षणको लागी पठाएको ६० जनाको रिपोर्ट आउन बाँकी रहेको छ । धादिङमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्