सिद्धलेक–२ मा काँग्रेसका सम्भु गुरुङ(सागर)को प्यानल विजयी(मत परिणाम सहित)

धादिङ,०१ ज्येष्ठ ।
धादिङकोे सिद्धलेक गाउँपालिका वडा नं २मा गठबन्धनबाट उम्मेदवार नेपाली काँग्रेसका सम्भु गुरुङ(सागर) प्यानल सहित बिजयी हुनुभएको छ । गुरुङले नेकपा एमालेका उम्मेदवार कमल गुरुङलाई ९ सय ९० मतान्तरले पराजित गर्दै बिजयी हुनुभएको सिद्धलेकबाट काँग्रेसका युवा नेता सुबास गिरिले जानकारी दिनुभयो ।

गुरुङले वडाअध्यक्षमा १८ सय ३९ मत प्राप्त गर्नु भएको छ भने एमालेका उम्मेदवार कमल गुरुङले ८४९ मत ल्याउनु भएको छ । उक्त वडामा २०७४ सालको निर्वाचनमा नेकपा एमालेका कमल गुरुङले नै जितेको थिए।

वडा नं २ मा गाउँपालिका अध्यक्षमा गठबन्धन तर्फ रुख चिन्हमा १८ सय १२, उपाध्यक्षमा कलम चिन्हको १७ सय ५४ मत प्राप्त भएको छ भने एमालेको अध्यक्ष सुर्य चिन्हमा ८७५ र उपाध्यक्ष पदमा सुर्य चिन्हमा ८२५ मत प्राप्त भएको छ ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्