ज्वालामुखी– ३ को अध्यक्षमा नेपाली काँग्रेसका उमेश श्रेष्ठ निर्वाचित

धादिङ,०२ जेष्ठ ।
धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ३ मा नेपाली काँग्रेसका उमेश श्रेष्ठ निर्वाचित हुनुभएको छ । ।

श्रेष्ठले १ हजार १ सय ३२ मत ल्याउनुभएको छ भने उहाँका निकटम प्रतिद्धन्दी नेकपा एमालेका रुद्रमान श्रेष्ठले १ हजार २३ मत प्राप्त गर्नुभएको छ ।

रुद्रमान श्रेष्ठ २०७४ को निर्वाचनमा एमालेबाट वडाअध्यक्षमा विजयी हुनुभएको थियो । त्यो बेला रुद्रमानले उमेशलाइ नै हराउनुभएको थियो ।
२०७४ मा माओवादी केन्द्रबाट उठेका उमेशले १ वर्ष अघि नेपाली काँग्रेस प्रवेश गरेका थिए । पार्टी बदलेर भएपनि उमेशले २०७४ को पराजयको बदला लिएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्