खनियाबासको अध्यक्षमा कांग्रेसका रणबहादुर तामाङ र उपाध्यक्षमा माओवादी केन्द्रका सेकेमान तामाङ विजयी

धादिङ,३ जेठ ।
धादिङको खनियाबास गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रणबहादुर तामाङ बिजयी भएका छन् । तामाङले उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार फुलबहादुर तामाङलाई २१३ मतान्तरले पराजित गर्दै अध्यक्षमा बिजयी भएका हुन ।

सोमबार राति सार्वजनिक भएको मत गणना अनुसार तामाङले एक हजार ६०९ मत ल्याउदा उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार तामाङले एक हजार ३९६ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार इमान तामाङले एक हजार ६३ मत पाएका छन् ।

यसैगरी उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका सेकेमान तामाङ निर्वाचित भएका छन् । उनले राप्रपाकी मरियम तामाङलाई ६०० मतान्तरले पराजित गर्दै बिजयी भएका हुन ।

उनले एक हजार ८३७ मत पाउदा उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीकी मरियम तामाङले एक हजार २३७ मत पाएकी छन् । त्यस्तै नेकपा एकीकृत समाजवादीका फुरबहादुर तामाङले ७०४ मत पाएका छन् ।

खनियावासको वडा नं १ मा राप्रपाका सोनम तामाङ, वडा नम्बर २ मा राप्रपाकै अरुण कुमार तामाङ, वडा नं ३ मा राप्रपाकै कमानसिङ तमाङ बिजयी हुनुभएको छ भने वडा नम्बर ४ मा कांग्रेसका लिलामान तामाङ विजयी हुनुभएको छ । वडा नं ५ मा नेकपा एमाले रबिन तामाङ विजयी हुनुभएको छ । तस्विर धमेन्द्र पटेल

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्