रुवी भ्यालीको अध्यक्षमा माओवादीका रामसिंह तामाङ र उपाध्यक्षमा कांग्रेसका फेलामा विजयी

धादिङ,०३ जेठ ।
धादिङको उत्तरी क्षेत्र रुवीभ्याली गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका रामसिंह तामाङ र उपाध्यक्षमा कांग्रेसका फे लामा तामाङ विजयी भएका छन् ।

जितका लागि अध्यक्षमा माओवादी केन्द्रका रामसिंह तामाङले २७९२ मत ल्याएका थिए भने उनको प्रतिद्वन्दी राप्रपाका गोम्बा घलेले २५९७ मत ल्याएका थिए । उपाध्यक्षमा राप्रपाकी धनकुमारी तामाङलाई हराउँदै कांग्रेसका फेलामा तामाङ विजयी भएका हुन् ।

राप्रपाको गढ मानिने रुबीभ्यालीमा गठबन्धनका उम्मेदवारले भत्काईदिएको छ । राप्रपाका केन्द्रिय बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको गाउँ राप्रपाको गढका रुपमा चिनिदै आएको थियो । कांग्रेस, माओवादी र एकीकृत समाजवादीको चुनावी तालमेलले यो पटक राप्रपाको गढ भत्किएको हो ।
यसैगरी रुवीभ्याली गाउँपालिकाको वडा नं १ नेपाली काँग्रेस पम्वर तामाङ, वडा नं २ मा नेकपा एकीकृत समाजवादीका रुप्पा घले, वडा नं ३ मा जसपाका फे दोर्जे तामाङ, वडा नं ४ मा राप्रपाका प्रशान्त तामाङ, वडा नं ५ मा नेपाली कांग्रेसका रम्ब तामाङ र वडा न. ६ मा नेकपा एकीकृत समाजवादीका समीर गुरुङ विजयी भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्