ससाहा मोटरसाईकल दुर्घटनाका घाईते सन्तोष अधिकारीको मृत्यु

धादिङ,०३ जेठ ।
धादिङको नीलकण्ठ नगरपालिका–८ ससाहामा सोमबार भएको मोटरसाइकल दुर्घटनाका घाईते सन्तोष अधिकारीको मृत्यु भएको छ ।

मोटरसाइकलका चालक नीलकण्ठ नगरपालिका वडा नं ३ का २४ वर्षीय अधिकारीको बिहान काठमाडौँ स्थित अन्नपुर्ण न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवत्ता डिएसपी जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

सोमबार पोखराबाट धादिङबेसी आउदै गरेको बा ०२–०३३ प ३३९४ नम्बरको मोटरसाईकल र धादिङबेशीबाट मलेखुतर्फ जाँदे गरेको बा ५ ख ७०७२ नम्बरको आइचर ट्रकसँग ठोक्किदाँ मोटरसाइकलमा पछाडी वसेका नीलकण्ठ नगरपालिका वडा नं ७ का २९ वर्षीय अर्जुन पोखरेलको मृत्यु भएको थियो । पोखरेलको धादिङ अस्पतालमा मृत्यु भएको हो ।

मृतक पोखरेल शुक्रबार भएको स्थानिय तह निर्वाचनमा नीलकण्ठ–७ को वडा सदस्यका उम्मेदवार समेत हुन् । दुर्घटनामा घाईते भएका अधिकारीलाई भने धादिङ अस्पतालमा सामान्य उपचारपश्चात काठमाडौँ रिफर गरिएको थियो । ठक्कर दिई फरार रहेका आइचर ट्रकका चालकलाई चितवनबाट समातिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्