गल्छीको अध्यक्षमा गठबन्धनलाई हराउँदै एमालेका खतिवडा विजयी, उपाध्यक्षमा काँग्रेसका तिवारी(वडाध्यक्षको विवरण सहित)

धादिङ,०३ जेठ ।
धादिङको गल्छी गाउँपालिकाको अध्यक्षमा गठबन्धनलाई हराउँदै एमालेका केदार खतिवडा विजयी भएका छन् ।

उनले गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका कृष्णहरी श्रेष्ठलाई २५१ मतान्तरले पराजित गर्दै अध्यक्षमा बिजयी भएका हुन् ।

खतिवडाले ७ हजार ३०९ मत ल्याए भने उनका प्रतिद्वन्दी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका श्रेष्ठले ७ हजार ५७ मत ल्याएका थिए ।

उपाध्यक्षमा भने गठबन्धनको उम्मेदवार काँग्रेसका भाईकाजी तिवारी विजयी भएका छन् । उनले निकटम प्रतिद्वन्दी एमालेका राधा तिमिल्सेनालाई ४४६ मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् । तिवारीले ७ हजार ४९४ मत ल्याएका भने एमालेकी रतिमिल्सेनाले ७ हजार ४८ मत ल्याईन

यस्तै गल्छी गाउँपालिकाको वडा नं १ एमालेका यदुकुमार खतिवडा, वडा न. २ मा एमालेका षडानन्द खनाल, वडा न. ३ मा माओवादी केन्द्रका राजन भुजेल,वडा न.ं ४ मा काँग्रेसका राजु अधिकारी, वडा नं ५ मा माओवादी केन्द्रका सरोज तामाङ, वडा नं ६ मा कांग्रेसका दिपक कार्की, वडा नं ७ मा एमालेका हरिप्रसाद खतिवडा र वडा नं ८ मा काँग्रेसका विशाल लुङ्गेली मगर निर्वाचित भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्