नीलकण्ठ–८ मा भुईकटर चिन्हका स्वतन्त्र उम्मेदवार श्रेष्ठको प्यानलै बिजयी

धादिङ,०३ जेष्ठ ।
नीलकण्ठ नगरपालिका वडा न ८ को वडा अध्यक्षमा भुईकटर चुनाव चिन्हका स्वतन्त्र उम्मेदवार प्रकाश श्रेष्ठ बिजयी भएका छन् । उनले नेपाली काँग्रेसका उम्मेदवार रमेश कोईरालालाई ७९० मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् ।

जम्मा खसेको २ हजार २८८ मा श्रेष्ठले ११५३ मत ल्याउँदा काँग्रेसका कोईरालाले ३६३, एमालेका उम्मेदवारले ४०२ र माओवादीका उम्मेदवार बद्री प्रसाद सुवेदीले १०० मत पाएका छन् ।

नीलकण्ठ नगरपालिका वडा न ८ मा प्रकाश श्रेष्ठको प्यानल नै बिजयी भएका हुन् । वडा सदस्यहरुमा दुर्गा अधिकारी १११८,विमला बराइली ११४०,उमेश मगर १०८५,छविप्रसाद काप्री १०१८ मत प्राप्त गरेका छन् ।

उक्त वडा बाट नेपाली काग्रेसका मेयर पदका उम्मेदवार भीम प्रसाद ढुङ्गनालाई १३६९, नेकपा एमाललेका मेयर पदका उम्मेदवार गंगा श्रेष्ठलाई ४४९ र उप प्रमुखमा माओवादीका उम्मेदवार दिपक बिकलाई ३८६ र एमालेका उप प्रमुख उम्मेदवार फन्द्रा तामाङलाई ४५९ र स्वतन्त्र उम्मेदवार कल्पना अधिकारीलाई ३२१ मत प्राप्त गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्