नेत्रावती डबजोङको अध्यक्ष–उपाध्यक्षमा काग्रेसका मेघनाथ रिजाल र सितामाया गुरुङ बिजयी

धादिङ,०३ जेष्ठ ।
नेत्रावती डबजोङ गाउपालिकामा नेपाली काग्रेसका उम्मेदवारहरु अध्यक्षमा मेघनाथ रिजाल र उपाध्यक्षमा सितामाया गुरुङ बिजयी भएका छन् । अध्यक्ष पदका उम्मेदवार रिजालले २ हजार ५४२ मत प्राप्त गरे भने उपाध्यक्ष पदका उम्मेदवार गुरुङले २ हजार ७८६ मत प्राप्त गरि बिजयी भएका हुन् ।

रिजालका प्रतिद्धन्द्धि नेकपा माओवादी केन्द्रका उर्मिला तामाङ गुरुङले १६८३ मत र उपाध्यक्ष पदका प्रतिद्धन्दि नेकपा एमाललेका बिना कुमारी मम्मा तामाङले १६३३ मत प्राप्त गरेका छन् ।

नेत्रावती डबजोङ गाउपालिकाको वडा नं १ मा काग्रेसका ठाकुर गुरुङले ६०३, वडा न २ मा मिन बहादुर तामाङले ३१० र वडा न ३ मा शुरेश वाईवाले ४२९ मत ल्याई बिजयी भएका छन् । वडा न ४ मा नेकपा एमालेका उम्मेद्वार तिल बहादुर गुरुङले ५८४ मत ल्याई बिजयी भएका छन् भने वडा नं ५ मा काङ्ग्रेसका हरि अधिकारीले ७२७ मत ल्याई बिजयी भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्