पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना संक्रमण पुष्टि

धादिङ,०३ जेठ ।

देशभर थप १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घन्टामा देशभर ४ हजार १९७ नुमना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

जसमा ३ हजार ५६५ आरटी पिसिआर विधिबाट परीक्षण गर्दा १८ जना र ६३२ एन्टीजेन परीक्षणमा १ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १८ जना स्वस्थ भएका छन् भने मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

योसँगै हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९ सय ५२ जनाले ज्यान गुमाएका छन् । देशभर सक्रिय सङ्क्रमितको सङख्या १ सय ४९ रहेको छ । देशभर आजसम्म ११ लाख १९ हजार २३१ कोभिड संक्रमित भएको मन्त्रालयले जनाएको छ 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्