धादिङमा पाँच पालिका र ७७ वडाको नतिजा सार्वजनिक: कांग्रेस,माओवादी पालिका र वडामै बराबरी(हेर्नुहोस सुची)

धादिङ,०३ जेठ ।
शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । दुई नगरपालिका र ११ गाउँपालिका गरी १३ स्थानीय तह, १०४ वडा रहेको धादिङमा अहिलेसम्म ५ पालिका र ७७ वटा वडाको मतपरिणाम सार्वजनिक भईसकेको छ ।

जस अनुसार रुवीभ्याली गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका रामसिं तामाङ र उपाध्यक्षमा कांग्रेसका फे लामा तामाङ विजयी भएका छन् ।

यस्तै खनियाबास गाउँपालिका अध्यक्षमा कांग्रेसका रण बहादुर तामाङ र उपाध्यक्षमा माओवादी केन्द्रका सेक्केमान तामाङ, गजुरी गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका गणेशलाल श्रेष्ठ र उपाध्यक्षमा नेपाली काँग्रेसकी सर्मिला विसुराल विजयी भएका छन् ।

नेत्रावती डबजोङ गाउपालिकामा नेपाली काग्रेसका उम्मेदवारहरु अध्यक्षमा मेघनाथ रिजाल र उपाध्यक्षमा सितामाया गुरुङ बिजयी भएका छन् ।धादिङको गल्छी गाउँपालिकाको अध्यक्षमा गठबन्धनलाई हराउँदै एमालेका केदार खतिवडा विजयी भएका छन् ।उपाध्यक्षमा भने गठबन्धनको उम्मेदवार काँग्रेसका भाईकाजी तिवारी विजयी भएका छन् ।

७७ वडाको मतपरिणाम अनुसार माओवादी केन्द्रले २४, कांग्रेसले २४, ,एमालेले १५, राप्रपाले ४, एकिकृत समाजबादीले ५, जसपाले १ वडाध्यक्ष पद जितेको छ भने र ४ जना स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।

पछिल्लो नतिजा अनुसार थाक्रे गाउँपालिका–३ मा माओवादी केन्द्रका बिजय तामाङ विजयी हुनुभएको छ ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा स्वतन्त्र उम्मेदवार प्रकाश श्रेष्ठ बिजयी हुनुभएको छ ।
गंगाजमुना गाउँपालिका वडा नं ६ मा एमालेका रमेश ढकाल बिजयी हुनुभएको छ ।
ज्वालामुखी गाउँपालिका वडा नं ५ मा कांग्रेसका टंकप्रसाद काप्री बिजय हुनुभएको छ ।
नीलकण्ठ नगरपालिका वडा नं ७ मा कांग्रेसका गौतमहरी अधिकारी विजयी हुनुभएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा न. ३ मा एमालेका कमल बहादुर थापा विजयी हुनुभएको छ ।
सिद्धलेक गाउँपालिका वडा न ४ मा नेकपा एमालेका झक बहादुर थापामगर विजयी हुनुभएको छ ।
गंगाजमुना गाउँपालिका–२ काँग्रेसका बलबहादुर तामाङ विजयी हुनुभएको छ ।
ज्वालामुखी गाउँपालिका–६ मा काँग्रेसका किशोर सेढाई विजयी हुनुभएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा न २ मा नेकपा एमालेका कृष्ण बहादुर खत्री विजयी हुनुभएको छ ।
नीलकण्ठ न.पा. वडा नं ५ मा माओवादी केन्द्रका राम कुमार श्रेष्ठ बिजयी हुनुभएको छ।
सिद्धलेक गाउँपालिकाको वडा नम्बर ३ मा नेकपा एमालेका देवबहादुर पुलामी मगर विजयी हुनुभएको छ ।
थाक्रे गाउँपालिका–२ मा माओवादी केन्द्रका टिकाराम तामाङ विजयी हुनुभएको छ ।
नीलकण्ठ नगरपालिका वडा नं ४ मा नेकपा एमालेका उम्मेदवार हरी श्रेष्ठ विजयी हुनुभएको छ ।
ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ मा स्वतन्त्र कृष्णबहादुर गुरुङ विजयी हुनुभएको छ ।
ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ३ को वडा अध्यक्षमा कांग्रेसका उमेश श्रेष्ठ विजयी हुनुभएको छ ।
सिद्वलेक गाउँपालिका–२ मा नेपाली काङ्ग्रेसका सागर गुरुङ बिजयी हुनुभएको छ ।
नीलकण्ठ नगरपालिका वडा न. ३ मा स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठ बिजयी हुनुभएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका–१ मा काँग्रेसका भिम प्रसाद भट्ट विजयी हुनुभएको छ ।
गंगाजमुना गाउँपालिका वडा नं ७ मा एकिकृत समाजबादीका रविन अधिकारी बिजयी हुनुभएको छ ।
निलकण्ठ नगरपालिका वडा नं २ अध्यक्षमा माओवादि केन्द्रका ध्वज बहादुर गुरुङ बिजयी हुनुभएको छ ।
ज्वालामुखी गाउँपालिका वडा नं २ को वडाध्यक्षमा काँगे्रसका राजु लोप्पा बिजयी हुनुभएको छ ।
सिद्धलेक गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका पेमा वाङ्ग्याल लामा विजयी हुनुभएको छ ।
थांक्रे गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका श्याम थापा विजयी हुनुभएको छ ।
गंगाजमुना गाउँपालिकाको वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका बहादुर सिं लामा विजयी हुनुभएको छ ।
ज्वालामुखी गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका कृष्ण गिरी विजयी हुनुभएको छ ।
नीलकण्ठ नगरपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका गणेश गुरुङ विजयी हुनुभएको छ ।
धुनिवेशी नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका मान बहादुर तामाङ विजयी हुनुभएको छ ।
धुनीबेसी नगरपालिका २ मा एकीकृत समाजवादीका लक्ष्यजित तामाङ हुनुभएको छ ।
धुनीबेशी नगरपालिका वडा नं ३ मा काँग्रेसका प्रकाश हमाल बिजयी हुनुभएको छ ।
धुनिबेशी नगरपालिका–४ मा एकिकृत समाजबादीका हरि सुवेदी बिजयी हुनुभएको छ ।
धुनिवेशी नगरपालिका वडा नं. ५ मा स्वतन्त्रबाट विशाल भट्टराई विजयी हुनुभएको छ ।
धुनिबेशी नगरपालिका वडा न ६ मा माओवादी केन्द्रका रमेश प्रसाद आचार्य निर्वाचित हुनुभएको छ ।
धुनिवेशी नगरपालिका वडा नम्बर ७ मा काँग्रेसका यदुनाथ पाठक विजयी हुनुभएको छ ।
धुनिबेशी नगरपालिका वडा नंम्बर ८ मा माओवादी केन्द्रका रामकृष्ण रेग्मी विजयी हुनुभएको छ ।
बेनिघाट रोराङ गाउँपालिका–१ को वडाध्यक्षमा काँग्रेसका जिवन सिं तामाङ विजयी हुनुभएको छ ।
बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका हेमराज भुजेल विजयी हुनुभएको छ ।
बेनिघाट रोराङ वडा नम्बर ३ मा एमालेका भुवन त्रिपाठी बिजयी हुनुभएको छ ।
बेनीघाट रोराङ गाउंपालिका वडा नं ४ को वडाध्यक्षमा माओबादी केन्द्रका राजु बहादुर मगर विजयी हुनुभएको छ ।
बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ मा माओवादी केन्द्रका रोशन कुमार सिलवाल विजयी हुनुभएको छ ।
बेनिघाट रोराङ गाउँपालिका–६ मा माओवादी केन्द्रका राजेन्द्र सिलवाल विजयी हुनुभएको छ ।
बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ७ मा माओवादी केन्द्रका कुमार बस्नेत विजयी हुनुभएको छ ।
बेनिघाट रोराङ गाउँपािलका ८ मा माओवादी केन्द्रका राज कुमार श्रेष्ठ विजयी हुनुभएको छ ।
बेनिघाट रोराङ गाउँपालिका वडा न.९ मा एमालेका भिमसेन खड्का बिजयी हुनुभएको छ ।
बेनिघाट रोराङ गाउँपालिका वडा नं १० मा कांग्रेसका बिकास चेपाङ विजयी हुनुभएको छ ।
नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका ठाकुर गुरुङ विजयी हुनुभएको छ ।
नेत्रावती डबजोङ गाउँपालिकाको–२ मा कांग्रेसका मिनबहादुर तामाङ विजयी हुनुभएको छ ।
नेत्रावती डबजोङ गाउँपालिकाको वडा नम्बर ३ मा कांग्रेसका सुरेश वाईवा विजयी हुनुभएको छ ।
नेत्रावती डबजोङ गाउपालिका–४, को वडा अध्यक्षमा एमालेका तिल बहादुर गुरुङ विजयी हुनुभएको छ।
नेत्रावती डवजोङ गाउँपालिका वडा नं ५ मा काग्रेसका हरि अधिकारी विजयी हुनुभएको छ ।
गल्छी गाउँपालिकाको वडा नम्बर १ मा यदुकुमार खतिवडा विजयी हुनुभएको छ ।
गल्छी गाउँपालिकाको वडा नम्बर २ मा नेकपा एमालेका षडानन्द खनाल विजयी हुनुभएको छ ।
गल्छी गाउँपालिकाको वडा नम्बर ३ मा गठबन्धनको माओवादी केन्द्रमा राजन भुजेल विजयी हुनुभएको छ ।
गल्छी गाउँपालिका–४ मा काँग्रेसका राजु अधिकारी बिजयी हुनुभएको छ ।
गल्छी गाउँपालिकाको वडा नम्बर ५ मा माओवादी केन्द्रका सरोज तामाङ विजयी हुनुभएको छ ।
गल्छी गाउँपालिका वडा नम्बर ६ मा कांग्रेसका दिपककुमार कार्की विजयी हुनुभएको छ ।
गल्छी गाउँपालिका वडा ७ मा नेकपा एमालेका हरि प्रसाद खतिवडा बिजयी हुनुभएको छ।
गल्छी गाउँपालिका वडा नं ८ मा काँग्रेसका विशाल लुङ्गेली मगर बिजयी हुनुभएको छ ।
गजुरी गाउँपालिका वडा नं–१ मा माओवादी केन्द्रका तारा भन्डारी बिजयी हुनुभएको छ ।
गजुरी गाउँपालिका–२ को अध्यक्षमा काङ्ग्रेसका दोर्ण कडेल बिजयी हुनुभएको छ ।
गजुरी गाउँपालिका वडा नं ३ मा काँग्रेसका ऋषिलाल श्रेष्ठ विजयी हुनुभएको छ ।
गजुरी गाउँपालिका वडा नं ४ मा काँग्रेसका सुरेन्द्र चेपाङ बिजयी हुनुभएको छ ।
गजुरी गाउँपालिका–५ मा माओवादी केन्द्रका गोबिन्द लामिछाने बिजयी हुनुभएको छ ।
गजुरी गाउँपालिका वडा नं ६ मा माओवादी केन्द्रका भक्त बहादुर तामाङ बिजयी हुनुभएको छ।
गजुरी गाउँपालिका–७ मा माओवादी केन्द्रका बद्री जम्कट्टेल विजयी हुनुभएको छ ।
गजुरी गाउँपालिका वडा नं ८ मा माओवादी केन्द्रका देवराज ओझा विजयी हुनुभएको छ ।
खनियावास गाउँपालिकाको वडा नं १ मा राप्रपाका सोनम तामाङ विजयी हुनुभएको छ ।
खनियावास गाउँपालिकाको वडा नम्बर २ मा राप्रपाका अरुण कुमार तामाङ विजयी हुनुभएको छ ।
खनियाबास–३ मा राप्रपाका कमानसिङ तमाङ बिजयी हुनुभएको छ ।
खनियावास गाउँपालिकाको वडा नम्बर ४ मा कांग्रेसका लिलामान तामाङ विजयी हुनुभएको छ ।
खनियाबास गाउँपालिकाको वडा नं ५ मा नेकपा एमाले रबिन तामाङ विजयी हुनुभएको छ ।
रुविभ्याली गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका पम्बर तामाङ विजयी हुनुभएको छ ।
रुविभ्याली गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा एकिकृत समाजवादीका रुपा घले विजयी हुनुभएको छ ।
रुवी भ्याली–३ मा जसपाका फे दोर्जे तामाङ बिजयी हुनुभएको छ ।
रुविभ्याली गाउँपालिकाको वडा नम्बर ४ राप्रपाका प्रशाान्त तामाङ विजयी हुनुभएको छ ।
रुवीभ्याली गाउँपालिका वडा न. ५ मा नेपाली कांग्रेसका रम्ब तामाङ बिजयी हुनुभएको छ।
रुवीभ्याली गाउँपालिका वडा न. ६ मा एकीकृत समाजवादीका समीर गुरुङ विजयी हुनुभएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्