धुनीबेसी नगरपालिकाको प्रमुखमा समाजवादीका आचार्य र उपप्रमुखमा काँग्रेसका उप्रेती निर्वाचित

धादिङ,०३ जेठ ।
धुनिबेशी नगरपालिकाको प्रमुखमा एकिकृत समाजवादीको उम्मेदवार बालकृष्ण आचार्य र उप प्रमुखमा नेपाली काग्रेसका उम्मेदवार सुरज उप्रेती निर्वाचित भएका छन् । प्रमुखमा आचार्यले ८७०६ मत र उप प्रमुखमा उप्रेतीले ८३८७ मत प्राप्त गरि बिजयी भएका हुन् ।

आचार्यका प्रतिद्धन्दि नेकपा एमालेका राम राजा पाण्डेले ६५९२ र उप्रतीका प्रतिद्धन्दि नेकपा एमालेका मन्दिरा श्रेष्ठले ६४७० मत प्राप्त गरेका छन् ।

धुनिबेशी नगरपालिकामा माओवादी केन्द्रबाट वडा न १ मा मान बहादुर तामाङ १०५१, वडा न ६ मा रमेश प्रसाद आचार्य ८१७, वडा न ८ मा राममृष्ण रेग्मी १०७६ मत सहित बिजयी भएका छन् ।

नेपाली काग्रेस बाट वडा न ३ मा प्रकाश हमालले ९३५ र वडा न ७ मा यदुनाथ पाठकले १०७८ मत र वडा न ९ मा माधव प्रसाद सिलवालले १२७९ मत ल्याई बिजयी भएका छन् ।

एकिकृत समाजवादीबाट वडा न २ मा लक्षजित तामाङले १०९१, वडा न ४ मा हरि प्रसाद सुवेदी ८३६ मत सहित बिजयी भएका छन् । त्यसैगरि वडा न ५ मा स्वतन्त्र उम्मेदवार विसाल भट्टराईले ८८६ मत सहित बिजयी भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्