बेनिघाट रोराङको अध्यक्षमा माओवादीका थपलिया र उपाध्यक्षमा समाजवादीका श्रेष्ठ बिजयी

धादिङ,०३ जेठ ।
बेनिघाट रोराङ गाउपालिकामा माओवादी केन्द्रका उम्मेद्वार कृष्ण बहादुर थपलिया अध्यक्ष पदमा र एकिकृत समाजवादीका उम्मेदवार टाप बहादुर श्रेष्ठ बिजयी भएका छन् ।

अध्यक्षमा निर्वाचित थपलियाले ७६८० , प्रतिद्धन्दि नेकपा एमालेका उम्मेदवार देव प्रसाद त्रिपाठीले ५०७२ र उपाध्यक्षमा निर्वाचित श्रेष्ठले ५९०१, प्रतिद्धन्दि एमालेका उम्मेदवार हिरादेवी रेग्मीले ४६६७ मत पाएका छन् ।

बेनिघाट रोराङ गाउपालिमा माओवादी केन्द्र बाट वडा न २ मा हेमराज भुजेलले १०३२, वडा न ४ मा राजु बहादुर मगरले ८४१, वडा न ५ मा रोशन कुमार सिलवालले ६७८, वडा न ६ मा टेक नाथ सिलवालले ५९२, वडा न ७ मा कुमार वस्नेतले १०८०, वडा न ८ मा राज कुमार श्रेष्ठले ५७६ मत ल्याई बिजयी भएका छन् ।

त्यस्तैगरि नेपाली काग्रेस बाट वडा न १ मा जीवन सि तामाङले ५३४, वडा न १० मा विकाश प्रजाले ८८१ मत प्राप्त गरि बिजयी भएका छन् । एमालेका उम्मेद्वार भुवन त्रिपाठीले ८५१, वडा न ९ मा देवी बहादुर खड्काले ६९३ मत प्राप्त गरि बिजयी भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्