स्थानिय निर्वाचन २०७९ : यस्तो छ,नीलकण्ठ नगरपालिकाको पछिल्लो अपडेट

धादिङ,४ जेष्ठ ।

नीलकण्ठ नगरपालिकाको मतगणना जारी छ ।

हाल सम्म नीलकण्ठ नगरपालिका वडा न १,२,३,४,५,७,८,१३,१४ को मत गणना सकिसकेको छ । हाल सम्मको मतगणनाको परिणाम अनुसार प्रमुख पदमा नेपाली काग्रेसका उम्मेदवार भीम प्रसाद ढुङ्ना र उप प्रमुख पदमा नेकपा माओवादी केन्द्रका उम्मेद्वार दिपक बिक अग्रस्थानमा रहेका छन् ।

प्रमुख पदमा नेपाली काग्रेसका उम्मेदवार भीम प्रसाद ढुगांनाले ९३२१ मत र नेकपा एमालेका उम्मेद्वार गंगादेवि श्रेष्ठले ६१७६ मत पाएका छन् । त्यसै गरि प्रमुख पदका उम्मेदवार राप्रपाका उम्मेद्वार श्याम बहादुर सिंह ठकुरीले ३३८ र स्वतन्त्र उम्मेदवार टिका ब. भण्‍डारिले १६२ मत पाएका छन् ।

उप प्रमुख पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार दिपक बिकले ६३८३ र नेकपा एमालेका उम्मेदवार फन्द्रा तामाङले ५३२७ मत पाएका छन् । उप प्रमुख पदका स्वतन्त्र उम्मेद्वार कल्पना अधिकारीले ३१७८ मत पाएकी छिन् ।

No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्