सिद्धलेक–५ मा माओवादीका बुद्ध घले र सिद्धलेक–६ मा एमालेका सुरेन्द्र मगर विजयी

धादिङ,०३ ज्येष्ठ ।
धादिङकोे सिद्धलेक गाउँपालिका वडा नं ५ मा गठबन्धनबाट माओवादी केन्द्रका बुद्ध घले प्यानल सहित बिजयी भएका छन् ।

घलेले नेकपा एमालेकाका उम्मेदवार गोपाल गुरुङलाई ४९६ मतले पराजित गर्दै बिजयी भएका हुन् । घलेले वडाअध्यक्षमा १ हजार ८५ मत प्राप्त गर्नु भएको छ भने एमालेका गुरुङले ५८९ मत ल्याएकमा छन् ।

उक्त वडामा २०७४ सालको निर्वाचानमा काँग्रेसले नै जितेको थियो ।

वडा नं ५ मा गाउँपालिका अध्यक्षमा एमालेको सुर्य चिन्हमा ५८९ र उपाध्यक्ष पदमा सुर्य चिन्हमा ५८३ मत प्राप्त भएको छ । गठबन्धन तर्फ अध्यक्षमा १०८८, उपाध्यक्षमा कलम चिन्हको १०५४ मत प्राप्त भएको छ।

यस्तै सिद्धलेक गाउँपालिका वडा नं ६ मा गठबन्धनलाई हराउदै एमालेकाका उम्मेदवार सुरेन्द्र कुमार मगर बिजयी हुुनुभएको छ। सुरेन्द्र मगरले गठबन्धनबाट काँग्रेसका उम्मेदवार कुमार श्रेष्ठलाई १२२ मतले पराजित गर्दै बिजयी भएका हुन् ।

सुरेन्द्रले वडाअध्यक्षमा ९५३ मत प्राप्त गरे भने श्रेष्ठले ८३१ मत ल्याए । उक्त वडामा २०७४ सालको निर्वाचानमा एमालले नै जितेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्