ट्राफिक सचेतनाका लागि सांगीतिक डमी अभियान सुरु

ट्राफिक सचेतना अभिवृद्धिका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले सांगीतिक डमी अभियान सुरु गरेको छ । गीतबाट सडक प्रयोगकर्तालाई ट्राफिक नियम सिकाउन आज देखि यो अभियान सञ्चालन गरिएको महाशाखाका डीआईजी विश्वराज पोखरेलले जानकारी दिनुभयो ।

प्रख्यात व्यक्ति तथा राष्ट्रिय कलाकारहरूको स्वरमा सन्देश सहितका अडियो तयार पारिएको छ । दैनिक ६ घण्टा बानेश्वर, कोटेश्वर, रत्नपार्क, कंलकी र नयाँ बसपार्कमा डमीले अडियो सन्देश प्रवाह गर्नेछ ।महाशाखामा आयोजित अभियान उद्घाटन कार्यक्रममा कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवशं आचार्य, दीपाश्री निरौला र जितु नेपालले प्रस्तुति दिएका थिए । गत १६ भदौखि महाशाखाले काठमााडौं महानगरपालिकाको सहयोगमा उपत्यकाका ४५ स्थानमा डमी ट्राफिक राखेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्