बलात्कारविरुद्ध धादिङबेशीमा प्रदर्शन

धादिङबेशीमा युवतीहरुले बलात्कारविरुद्ध प्रदर्शन गरेका छन् । शनिबार धादिङबेशी स्थित बीचबजारमा युवतीहरु कालो कपडा र आँखामा कालोपट्टी बाँधेर बलात्कार घटनाविरुद्ध जनचेतनामुलुक प्रदर्शन गरेका हुन ।

‘अझै कति सहने’,‘नो मिन्स नो, इट वाज नट हर ड्रेस इट वाज योर इभिल माइण्ड’ लगायतका नारासहित युवतीहरुले धिमे बाजाको आवाजमा ‘राज्य बलात्कारी होस् तँ’ भन्दै प्रदर्शन गरेका हुन् । अझै कति सहने अभियानकी संयोजक नविना खनालले विश्वभरनै बलात्कार विरुद्धको प्रर्दशन भइरहेकोले आफूहरु पनि प्रर्दशनका लागि सडकमा उत्रिएको बताउनु भयो । अहिले ‘सबैले बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ भनेर वकालत गरिरहेका छन् तर यो मात्रै समस्याको समाधान होईन भन्ने धारणा बोकेर सडकमा उत्रिएको उहाँको भनाई छ ।

चिल्लीबाट सुरु भएको बलात्कार र यौन हिंसाविरुद्ध महिला आन्दोलनमा प्रयोग भएको ‘द रेपिस्ट इज यु’ गीत अहिले विश्वभर बलात्कारविरुद्ध भइरहेका प्रदर्शनमा प्रयोग भइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्