नीलकण्ठ–१० मा नेपाली कांग्रेसका सरोज पाण्डे निर्वाचित

धादिङ,०४ जेठ ।
नीलकण्ठ नगरपालिका वडा नं १० को अध्यक्षमा नेपाली कांग्रेसका सरोज पाण्डे विजयी भएका छन् । पाण्डेले ८१ मतको अन्तरले माओवादी केन्द्रका कुमार थापामगरलाई पराजित गरेका हुन् ।

जितका लागि पाण्डले ६३१ मत ल्याएका थिए भने उनका प्रतिद्वन्दीहरु माओवादी केन्द्रका कुमार थापा मगरले ५५०, एमालेका राजाराम पाठकले ४०२ र जसपामा गणेश तिमल्सिनाले ८८ मत ल्याएका थिए । सरोज पाण्ड नेपाली कांग्रेस धादिङका कान्छो उम्मेदवार हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्