धादिङमा ८ पालिका र ९१ वडाको नतिजा सार्वजनिक: १३ वडाको बाँकी,कसले कति जित्यो? (विवरण सहित)

धादिङ,०४ जेठ ।
शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । दुई नगरपालिका र ११ गाउँपालिका गरी १३ स्थानीय तह, १०४ वडा रहेको धादिङमा अहिलेसम्म ८ पालिका र ९१ वटा वडाको मतपरिणाम सार्वजनिक भईसकेको छ ।

जस अनुसार रुवीभ्याली गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका रामसिं तामाङ र उपाध्यक्षमा कांग्रेसका फे लामा तामाङ बिजयी हुनुभएको छ ।

खनियाबास गाउँपालिका अध्यक्षमा कांग्रेसका रण बहादुर तामाङ र उपाध्यक्षमा माओवादी केन्द्रका सेक्केमान तामाङ बिजयी हुनुभएको छ ।

गजुरी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका गणेशलाल श्रेष्ठ र उपाध्यक्षमा काँग्रेसकी सर्मिला विसुराल विजयी बिजयी हुनुभएको छ ।

नेत्रावती डबजोङ गाउपालिकामा काग्रेसका उम्मेदवार अध्यक्षमा मेघनाथ रिजाल र उपाध्यक्षमा सितामाया गुरुङ बिजयी बिजयी हुनुभएको छ।

गल्छी गाउँपालिकाको अध्यक्षमा गठबन्धनलाई हराउँदै एमालेका केदार खतिवडा विजयी भएका छन् । उपाध्यक्षमा भने काँग्रेसका भाईकाजी तिवारी विजयी हुनुभएको छ ।

धुनिबेशी नगरपालिकाको प्रमुखमा एकिकृत समाजवादीका बालकृष्ण आचार्य र उप प्रमुखमा काग्रेसकासुरज उप्रेती निर्वाचित हुनुभएको छ।

बेनिघाट रोराङ गाउपालिका अध्यक्ष पदमा माओवादी केन्द्रका कृष्ण बहादुर थपलिया र एकिकृत समाजवादीका टाप बहादुर श्रेष्ठ बिजयी हुनुभएको छ।

ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका यमनाथ दनै र उपाध्यक्षमा एकीकृत समाजवादीका धर्म बहादुर अर्याल विजयी हुनुभएको छ ।

९१ वडाको मतपरिणाम अनुसार माओवादी केन्द्रले २९, कांग्रेसले ३०, एमालेले १७, एकिकृत समाजबादीले ६,राप्रपाले ४, स्वतन्त्र उम्मेदवारले ४ र जसपाले १ वडाध्यक्ष जितेको छ ।

अब १३ वडाको मात्रै नतिजा आउन बाँकी छ । जसमा थाक्रेको ६, ७, ८, ९, १०, ११, त्रिपुरासुन्दरी ६ र ७, गंगाजमुना ४, सिद्धलेक ७, नीलकण्ठ ६, ११ र १२, को नतिजा आउन बाँकी छ । पछिल्लो नतिजा अनुसार गंगाजमुना गाउँपालिका वडा न ३ मा काँग्रेसका राजकुमार गुरुङ विजयी हुनुभएको छ ।
गंगाजमुना गाउँपालिका वडा नं ५ मा माओवादी केन्द्रका कुमार अधिकारी बिजयी हुनुभएको छ ।
नीलकण्ठ नगरपालिका वडा नं १० मा कांग्रेसका सरोज पाण्डे बिजयी हुनुभएको छ ।
थाक्रे गाउँपालिका वडा नम्बर ५ मा नेकपा एमालेका सन्त बहादुर वाईबा विजयी हुनु भएको छ ।
सिद्धलेक गाउँपालिका वडा न ६ मा एमालेबाट सुरेन्द्र मगर बिजयी हुनुभएको छ ।
नीलकण्ठ नगरपालिका वडा न १३ मा नेपाली काङ्ग्रेसका सोम बहादुर गुरुङ बिजयी हुनुभएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ मा माओवादी केन्द्रका कपिल देव सिंखडा बिजयी हुनुभएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ५ मा माओवादी केन्द्रका कुश बहादुर सिटौला माओवादी केन्द्र बिजयी हुनुभएको छ ।
नीलकण्ठ नगरपालिका वडा न ९ मा काँग्रेसमा राजन बराइली बिजयी हुनुभएको छ ।
नीलकण्ठ नगरपालिका वडा नं.१४ मा माओवादी केन्द्रका नवराज दुवाडी बिजयी हुनुभएको छ ।
थाक्रे गाउँपालिका वडा नं ४ मा एकिकृत समाजवादिका आशाराम तामाङ बिजयी हुनुभएको छ ।
सिद्धलेक गाउँपालिका वडा न ५ मा माओवादी केन्द्रका बुद्ध घले बिजयी हुनुभएको छ ।
थाक्रे गाउँपालिका–३ मा माओवादी केन्द्रका बिजय तामाङ विजयी हुनुभएको छ ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा स्वतन्त्र उम्मेदवार प्रकाश श्रेष्ठ बिजयी हुनुभएको छ ।
गंगाजमुना गाउँपालिका वडा नं ६ मा एमालेका रमेश ढकाल बिजयी हुनुभएको छ ।
नीलकण्ठ नगरपालिका वडा नं ७ मा कांग्रेसका गौतमहरी अधिकारी विजयी हुनुभएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा न. ३ मा एमालेका कमल बहादुर थापा विजयी हुनुभएको छ ।
सिद्धलेक गाउँपालिका वडा न ४ मा नेकपा एमालेका झक बहादुर थापामगर विजयी हुनुभएको छ ।
गंगाजमुना गाउँपालिका–२ काँग्रेसका बलबहादुर तामाङ विजयी हुनुभएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा न २ मा नेकपा एमालेका कृष्ण बहादुर खत्री विजयी हुनुभएको छ ।
नीलकण्ठ न.पा. वडा नं ५ मा माओवादी केन्द्रका राम कुमार श्रेष्ठ बिजयी हुनुभएको छ।
सिद्धलेक गाउँपालिकाको वडा नम्बर ३ मा नेकपा एमालेका देवबहादुर पुलामी मगर विजयी हुनुभएको छ ।
थाक्रे गाउँपालिका–२ मा माओवादी केन्द्रका टिकाराम तामाङ विजयी हुनुभएको छ ।
नीलकण्ठ नगरपालिका वडा नं ४ मा नेकपा एमालेका उम्मेदवार हरी श्रेष्ठ विजयी हुनुभएको छ ।
सिद्वलेक गाउँपालिका–२ मा नेपाली काङ्ग्रेसका सागर गुरुङ बिजयी हुनुभएको छ ।
नीलकण्ठ नगरपालिका वडा न. ३ मा स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठ बिजयी हुनुभएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका–१ मा काँग्रेसका भिम प्रसाद भट्ट विजयी हुनुभएको छ ।
गंगाजमुना गाउँपालिका वडा नं ७ मा एकिकृत समाजबादीका रविन अधिकारी बिजयी हुनुभएको छ ।
निलकण्ठ नगरपालिका वडा नं २ अध्यक्षमा माओवादि केन्द्रका ध्वज बहादुर गुरुङ बिजयी हुनुभएको छ ।
सिद्धलेक गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका पेमा वाङ्ग्याल लामा विजयी हुनुभएको छ ।
थांक्रे गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका श्याम थापा विजयी हुनुभएको छ ।
गंगाजमुना गाउँपालिकाको वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका बहादुर सिं लामा विजयी हुनुभएको छ ।
नीलकण्ठ नगरपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका गणेश गुरुङ विजयी हुनुभएको छ ।
ज्वालामुखी गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका कृष्ण गिरी विजयी हुनुभएको छ ।
ज्वालामुखी गाउँपालिका वडा नं २ को वडाध्यक्षमा काँगे्रसका राजु लोप्पा बिजयी हुनुभएको छ ।
ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ३ को वडा अध्यक्षमा कांग्रेसका उमेश श्रेष्ठ विजयी हुनुभएको छ ।
ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ मा स्वतन्त्र कृष्णबहादुर गुरुङ विजयी हुनुभएको छ ।
ज्वालामुखी गाउँपालिका वडा नं ५ मा कांग्रेसका टंकप्रसाद काप्री बिजय हुनुभएको छ ।
ज्वालामुखी गाउँपालिका–६ मा काँग्रेसका किशोर सेढाई विजयी हुनुभएको छ ।
ज्वालामुखी गाउँपालिका वडा नं ७ मा कांग्रेसका ज्ञानेन्द्र प्रसाद खकुराल विजयी हुनुभएको छ ।
धुनिवेशी नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका मान बहादुर तामाङ विजयी हुनुभएको छ ।
धुनीबेसी नगरपालिका २ मा एकीकृत समाजवादीका लक्ष्यजित तामाङ हुनुभएको छ ।
धुनीबेशी नगरपालिका वडा नं ३ मा काँग्रेसका प्रकाश हमाल बिजयी हुनुभएको छ ।
धुनिबेशी नगरपालिका–४ मा एकिकृत समाजबादीका हरि सुवेदी बिजयी हुनुभएको छ ।
धुनिवेशी नगरपालिका वडा नं. ५ मा स्वतन्त्रबाट विशाल भट्टराई विजयी हुनुभएको छ ।
धुनिबेशी नगरपालिका वडा न ६ मा माओवादी केन्द्रका रमेश प्रसाद आचार्य निर्वाचित हुनुभएको छ ।
धुनिवेशी नगरपालिका वडा नम्बर ७ मा काँग्रेसका यदुनाथ पाठक विजयी हुनुभएको छ ।
धुनिबेशी नगरपालिका वडा नंम्बर ८ मा माओवादी केन्द्रका रामकृष्ण रेग्मी विजयी हुनुभएको छ ।
धुनिबेशी नगरपालिका वडा नंम्बर ९ मा काँग्रेसका माधव प्रसाद सिलवाल विजयी हुनुभएको छ ।
बेनिघाट रोराङ गाउँपालिका–१ को वडाध्यक्षमा काँग्रेसका जिवन सिं तामाङ विजयी हुनुभएको छ ।
बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका हेमराज भुजेल विजयी हुनुभएको छ ।
बेनिघाट रोराङ वडा नम्बर ३ मा एमालेका भुवन त्रिपाठी बिजयी हुनुभएको छ ।
बेनीघाट रोराङ गाउंपालिका वडा नं ४ को वडाध्यक्षमा माओबादी केन्द्रका राजु बहादुर मगर विजयी हुनुभएको छ ।
बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ मा माओवादी केन्द्रका रोशन कुमार सिलवाल विजयी हुनुभएको छ ।
बेनिघाट रोराङ गाउँपालिका–६ मा माओवादी केन्द्रका राजेन्द्र सिलवाल विजयी हुनुभएको छ ।
बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ७ मा माओवादी केन्द्रका कुमार बस्नेत विजयी हुनुभएको छ ।
बेनिघाट रोराङ गाउँपािलका ८ मा माओवादी केन्द्रका राज कुमार श्रेष्ठ विजयी हुनुभएको छ ।
बेनिघाट रोराङ गाउँपालिका वडा न.९ मा एमालेका भिमसेन खड्का बिजयी हुनुभएको छ ।
बेनिघाट रोराङ गाउँपालिका वडा नं १० मा कांग्रेसका बिकास चेपाङ विजयी हुनुभएको छ ।
नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका ठाकुर गुरुङ विजयी हुनुभएको छ ।
नेत्रावती डबजोङ गाउँपालिकाको–२ मा कांग्रेसका मिनबहादुर तामाङ विजयी हुनुभएको छ ।
नेत्रावती डबजोङ गाउँपालिकाको वडा नम्बर ३ मा कांग्रेसका सुरेश वाईवा विजयी हुनुभएको छ ।
नेत्रावती डबजोङ गाउपालिका–४, को वडा अध्यक्षमा एमालेका तिल बहादुर गुरुङ विजयी हुनुभएको छ।
नेत्रावती डवजोङ गाउँपालिका वडा नं ५ मा काग्रेसका हरि अधिकारी विजयी हुनुभएको छ ।
गल्छी गाउँपालिकाको वडा नम्बर १ मा यदुकुमार खतिवडा विजयी हुनुभएको छ ।
गल्छी गाउँपालिकाको वडा नम्बर २ मा नेकपा एमालेका षडानन्द खनाल विजयी हुनुभएको छ ।
गल्छी गाउँपालिकाको वडा नम्बर ३ मा गठबन्धनको माओवादी केन्द्रमा राजन भुजेल विजयी हुनुभएको छ ।
गल्छी गाउँपालिका–४ मा काँग्रेसका राजु अधिकारी बिजयी हुनुभएको छ ।
गल्छी गाउँपालिकाको वडा नम्बर ५ मा माओवादी केन्द्रका सरोज तामाङ विजयी हुनुभएको छ ।
गल्छी गाउँपालिका वडा नम्बर ६ मा कांग्रेसका दिपककुमार कार्की विजयी हुनुभएको छ ।
गल्छी गाउँपालिका वडा ७ मा नेकपा एमालेका हरि प्रसाद खतिवडा बिजयी हुनुभएको छ।
गल्छी गाउँपालिका वडा नं ८ मा काँग्रेसका विशाल लुङ्गेली मगर बिजयी हुनुभएको छ ।
गजुरी गाउँपालिका वडा नं–१ मा माओवादी केन्द्रका तारा भन्डारी बिजयी हुनुभएको छ ।
गजुरी गाउँपालिका–२ को अध्यक्षमा काङ्ग्रेसका दोर्ण कडेल बिजयी हुनुभएको छ ।
गजुरी गाउँपालिका वडा नं ३ मा काँग्रेसका ऋषिलाल श्रेष्ठ विजयी हुनुभएको छ ।
गजुरी गाउँपालिका वडा नं ४ मा काँग्रेसका सुरेन्द्र चेपाङ बिजयी हुनुभएको छ ।
गजुरी गाउँपालिका–५ मा माओवादी केन्द्रका गोबिन्द लामिछाने बिजयी हुनुभएको छ ।
गजुरी गाउँपालिका वडा नं ६ मा माओवादी केन्द्रका भक्त बहादुर तामाङ बिजयी हुनुभएको छ।
गजुरी गाउँपालिका–७ मा माओवादी केन्द्रका बद्री जम्कट्टेल विजयी हुनुभएको छ ।
गजुरी गाउँपालिका वडा नं ८ मा माओवादी केन्द्रका देवराज ओझा विजयी हुनुभएको छ ।
खनियावास गाउँपालिकाको वडा नं १ मा राप्रपाका सोनम तामाङ विजयी हुनुभएको छ ।
खनियावास गाउँपालिकाको वडा नम्बर २ मा राप्रपाका अरुण कुमार तामाङ विजयी हुनुभएको छ ।
खनियाबास–३ मा राप्रपाका कमानसिङ तमाङ बिजयी हुनुभएको छ ।
खनियावास गाउँपालिकाको वडा नम्बर ४ मा कांग्रेसका लिलामान तामाङ विजयी हुनुभएको छ ।
खनियाबास गाउँपालिकाको वडा नं ५ मा नेकपा एमाले रबिन तामाङ विजयी हुनुभएको छ ।
रुविभ्याली गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका पम्बर तामाङ विजयी हुनुभएको छ ।
रुविभ्याली गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा एकिकृत समाजवादीका रुपा घले विजयी हुनुभएको छ ।
रुवी भ्याली–३ मा जसपाका फे दोर्जे तामाङ बिजयी हुनुभएको छ ।
रुविभ्याली गाउँपालिकाको वडा नम्बर ४ राप्रपाका प्रशाान्त तामाङ विजयी हुनुभएको छ ।
रुवीभ्याली गाउँपालिका वडा न. ५ मा नेपाली कांग्रेसका रम्ब तामाङ बिजयी हुनुभएको छ।
रुवीभ्याली गाउँपालिका वडा न. ६ मा एकीकृत समाजवादीका समीर गुरुङ विजयी हुनुभएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्