थप ६ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित १४७

धादिङ,०४ जेठ ।

देशभर थप ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घन्टामा देशभर ३ हजार ४७३ नुमना परीक्षण गर्दा १९६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

जसमा २ हजार ८५६ आरटी पिसिआर विधिबाट परीक्षण गर्दा ६ जना र ६१७ एन्टीजेन परीक्षणमा शून्यमा संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घन्टामा ८ जना स्वस्थ भएका छन् भने मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

योसँगै हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९ सय ५२ जनाले ज्यान गुमाएका छन् । देशभर सक्रिय सङ्क्रमितको सङख्या १ सय ४७ रहेको छ । देशभर आजसम्म ११ लाख १९ हजार २३७ कोभिड संक्रमित भएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्