सिद्धलेकको अध्यक्षमा कांग्रेसका परशुराम खतिवडा र उपाध्यक्षमा समाजवादीकी सविता अर्याल विजयी

धादिङ,०४ जेठ ।
सिद्धलेक गाउँपालिकाको अध्यक्षमा कांग्रेसका परशुराम खतिवडा र उपाध्यक्षमा एकीकृत समाजवादीका सविता अर्याल विजयी भएका छन् ।

आज सकिएको मतगणना अनुसार गठबन्धन तर्फबाट अध्यक्षका उम्मेदवार कांग्रेसका खतिवडा १७ सय ८५ मतान्तरले विजयी भएका हुन् ।

अध्यक्षमा खतिवडाले ७ हजार ९५६ मत ल्याई विजयी भएका हुन् भने उनको निकटम प्रतिद्वन्दी एमालेका प्रेमनाथ सिलवालले ६ हजार १७१ मत ल्याए ।

यस्ते गाउँपालिका उपाध्यक्षमा गठबन्धन तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार अर्यालले ७ हजार ३६२ मत ल्याईन भने निकटम प्रतिद्वन्दी एमाले उम्मेदवार कमला शर्माले ६ हजार २१२ मत ल्याएकी थिईन ।

सिद्धलेक गाउँपालिकाको वडा नं १ मा माओवादी केन्द्रका पेमा लामा,वडा नं २ मा कांग्रेसका सागर गुरुङ,वडा नं ३ मा एमालेका देव बहादुर पुलामी मगर, वडा नं ४ मा एमालेकै झक बहादुर थापा मगर, वडा नं ५ मा माओवादी केन्द्रका बुद्ध घले,वडा नं ६ मा एमालेका सुरेन्द्र कुमार मगर र वडा नं ७ मा काँग्रेसका सानु गिरी निर्वाचित भएका छन् ।

यसअघि २०७४ को स्थानिय तह निर्वाचनमा वडा नं ५ बाहेक सबै वडा र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको थियो। गत शुक्रबार सम्पन्न निर्वाचनमा नेपाली काँग्रेस, माओवादी केन्द्र र एकिकृत समाजबादीको गठबन्धनसँग एमालेले एक्लै प्रतिस्पर्धा गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्