गंगाजमुना गाउँपालिकाको अध्यक्षमा कांग्रेसका लामा र उपाध्यक्षमा माओवादीका सिंखडा विजयी

धादिङ,०४ जेठ ।
गंगाजमुना गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भक्त बहादुर लामा र उपाध्यक्षमा माओवादी केन्द्रका रामेश्वर सिंखडा विजयी भएका छन् ।

आज सकिएको मतगणना अनुसार अध्यक्षमा बिजयी लामाले ६ हजार दुइ सय ६२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले भक्तबहादुर लामिछानेले चार हजार ५० मत ल्याए ।

त्यस्तै गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका रामेश्वर सिंखडाले पाँच हजार ३८ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी एञ्जिला तामाङले चार हजार एक सय ९६ मत प्राप्त गरेकी छिन् ।

गंगाजमुना गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा माओवादी केन्द्रका बहादुर तामाङ, वडा नम्बर २ मा नेपाली कांग्रेसका बलबहादुर तामाङ, वडा नम्बर ३ मा नेपाली कांग्रेसका राजकुमार गुरुङ, वडा नम्बर ४ मा नेकपा एमालेका प्रेम घले, वडा नम्बर ५ मा माओवादी केन्द्रका कुमार बहादुर अधिकारी, वडा नम्बर ६ मा नेकपा एमालेका रमेश ढकाल र वडा नम्बर ७ मा एकीकृत समाजवादीका रविन अधिकारी विजयी भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्