देशभर संक्रमितको संख्या एक लाख ९१ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ९१ हजार ६ सय ३६ पुगेको छ । आज देशभर बिभिन्न स्थानमा गरिएको परिक्षणमा थप २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उल्लेख गरेको छ ।

हिजो शुक्रबार २ हजार ९ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र २ हजार २ सय ६ जना डिस्चार्ज भएसँगै एक लाख ५५ हजार १ सय १४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

देशभर २४ घण्टामा १० हजार ४ सय २३ जनाको पीसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ । अहिले देशभर ३५ हजार ४ सय ३५ सक्रिय संक्रमित रहेका छन् भने १ हजार १ सय ४४ जना क्वारेन्टाईनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८७ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्