तीन दिने मनोपरामर्श तथा तनाव व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

धादिङको थाक्रे गाउँपालिका स्थित महादेवबेशीमा मनोपरामर्श तालिम तथा तनाव व्यवस्थापन सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । महिला अधिकार रक्षक संजाल महिला समुहको पदाधिकारीहरुको लागि शुक्रबारदेखी सुरु भएको मनोपरामर्श तालिम तथा तनाव व्यवस्थापन सम्बन्धी तालिम आज सम्पन्न भएको हो ।
चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज सिड्स नेपालको आयोजना र युएमएन धादिङको सहयोगमा आयोजित तालिममा २६ जनाको सहभागिता रहेको थियो । तीन दिन सम्म संचालन भएको तालिममा शिनियर मनोपरामर्शकर्ता रामकुमार थापा र सिड्स नेपालका कार्यसमितिका सदस्य गंगा सुवेदिले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।
तालिममा मनोसामाजिक कर्ता रामकुमार थापाले मनोसामाजिक समस्या भनेको के हो रु यसको कारण लक्षण र समाधानका उपायहरु, कडा खालको मानसिक समस्या भनेको के हो र परामर्श भनेको के हो र परामर्श गर्दा ध्यान दिनुपर्ने कुराहरु के के हुन् साथै तनाव व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा जानकारी गराउनु भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्