त्रिपुरासुन्दरी–६ मा माओवादीका हरि वि.क र ७ मा सुवास अधिकारी विजयी

धादिङ,०५ जेठ ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ मा माओवादी केन्द्रका हरि विश्वकर्मा बिजयी भएका छन् । विश्वकर्माले कांग्रेसको पकड भत्काउँदै ८४३ मत ल्याए भने उनका प्रतिद्वन्दीहरु कांग्रेसका रामप्रसाद बुर्लाकोटीले ८११ र एमालेका देवबहादुर बसौलाले जम्मा ८३ मत ल्याए।

यस्तै त्रिपुरासुन्दरी कै वडा नं ७ मा पनि माओवादी केन्दैकै सुवास अधिकारी दर्पण विजयी भएका छन् । दर्पणले ८४२ मत ल्याई बिजयी भएका हुन भने उनको प्रतिद्वन्दीहरु एमालेका गोकुल अधिकारीले ७२२ मत र राप्रपाका कृष्ण बहादुर अधिकारी क्षेत्रीले ९८ मत, एकीकृत समाजवादीका राम बहादुर अधिकारी ६५ मत ल्याएका थिए । वडा नं ७ मा कांग्रेसले माओवादीलाई सघाएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्