त्रिपुरासुन्दरीको अध्यक्षमा कांग्रेसका राजु उप्रेती र उपाध्यक्षमा माओवादीका देवराज धरेल विजयी

धादिङ,०५ जेठ ।
त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजु उप्रेती र उपाध्यक्ष मा माओवादी केन्द्रका देवराज धरेल विजयी भएका छन् ।

गठबन्धनका उम्मेदवार उप्रेतीले अध्यक्षमा उप्रेतीले ६ हजार ७७१ मत ल्याई विजयी हुँदा उनको निकटम प्रतिद्वन्दी एमालेका उमेश कुमार थापाले ५ हजार १२६ मत ल्याएका थिए ।

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका धरेलले ६ हजार ३४ मत ल्याई बिजयी हुदाँ उनका निकटम प्रतिद्वन्दी एमाले उम्मेदवार संगीता कुमालले ५ हजार २१० मत ल्याईन ।

यसैगरी त्रिपुरासुन्दरी गाउँपालिका–१ मा काँग्रेसका भिम प्रसाद भट्ट ,वडा न २ मा नेकपा एमालेका कृष्ण बहादुर खत्री, वडा न. ३ मा एमालेका कमल बहादुर थापा, वडा नं ४ मा माओवादी केन्द्रका कपिल देव सिंखडा, वडा नं ५ मा माओवादी केन्द्रका कुश बहादुर सिटौला, वडा नं ६ मा माओवादी केन्द्रका हरि बि.क र वडा नं ७ मा माओवादी केन्द्रका सुवास अधिकारी (दर्पण) निर्वाचित भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्