धादिङमा कोरोना संक्रमितको सङ्ख्या १२ सय ६८ पुग्यो,१२ जना थपिए

धादिङमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार खनियाँबास गाउँपालिकाका ४ जना, नीलकण्ठ नगरपालिकाका ३ जना, बेनिघाट रोराङ, ज्वालामुखी, गंगाजमुना, थाक्रे र सिद्धलेक गाउँपालिकाका १र१ जनागरी थप १२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार २ सय ६८ पुगेको छ ।

जिल्लाको १३ स्थानीय तहमध्ये नीलकण्ठ नगरपालिकामा ३ सय ९८ जना संक्रमित पुगेको छ । गल्छीमा १ सय ६१ जना, त्रिपुरासुन्दरीमा १ सय ४ जना, बेनिघाट रोराङमा ९० जना र ज्वालामुखी गाउँपालिकामा ८४ जना पुगेको छ । यस्तै गजुरीमा ८१ जना, थाक्रेमा ६८ जना, धुनीबेसीमा ६१ जना, सिद्धलेकमा ३५, खनियाँबासमा ३४ जना, नेत्रावती डबजोङमा ३२, गंगाजमुनामा ३१ जना,रुविभ्यालीमा १२ जना, धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ८ जना, धादिङ अस्पतालका ६७ जना र स्वास्थ्य कार्यालय धादिङका ४ जना गरी १ हजार २ सय ६८ जना रहेका छन् ।

यसैगरी धादिङका जम्मा संक्रमित मध्ये ८ सय १५ जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी ४ सय ५३ जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यस्तै संक्रमितहरुमा बिहिबार थप २ जना डिस्चार्ज भएसँगै निको हुनेको कुल सङ्ख्या १ हजार ५९ पुगेको छ । यस्तै जिल्लामा अहिले सक्रिय केशको सङ्ख्या १ सय ८७ जना रहेका छन् ।

धादिङमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ । जिल्लाका बिभन्न स्थानबाट स्वाव संकलन गरी पठाएका ५९ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। बिहिबारसम्मको तथ्याङ्क अनुसार धादिङमा ५ हजार ६ सय ४६ जनाको पीसिआर परिक्षण गरिएको छ,जसमध्ये ४ हजार ७ सय ७२ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्