धादिङमा संक्रमितको सङ्ख्या १२ सय ५६ पुग्यो

धादिङमा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार नीलकण्ठ नगरपालिकाका २ जना, बेनिघाट रोराङ र खनियाँबास गाउँपालिकाका १र१ जनागरी थप ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार २ सय ५६ पुगेको छ ।

जिल्लाको १३ स्थानीय तहमध्ये नीलकण्ठ नगरपालिकामा ३ सय ९५ जना संक्रमित पुगेको छ । गल्छीमा १ सय ६१ जना, त्रिपुरासुन्दरीमा १ सय ४ जना, बेनिघाट रोराङमा ८९ जना र ज्वालामुखी गाउँपालिकामा ८३ जना पुगेको छ ।यस्तै गजुरीमा ८१ जना, थाक्रेमा ६७ जना, धुनीबेसीमा ६१ जना, सिद्धलेकमा ३४,नेत्रावती डबजोङमा ३२, गंगाजमुना र खनियाँबासमा ३०र३० जना, रुविभ्यालीमा १२ जना, धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ८ जना, धादिङ अस्पतालका ६७ जना र स्वास्थ्य कार्यालय धादिङका ४ जना गरी १ हजार २ सय ५६ जना रहेका छन् ।

यसैगरी धादिङका जम्मा संक्रमित मध्ये ८ सय ११ जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी ४ सय ४५ जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यस्तै संक्रमितहरुमा निको हुनेको कुल सङ्ख्या १ हजार ५७ पुगेको छ ।

यस्तै जिल्लामा अहिले सक्रिय केशको सङ्ख्या १ सय ७७ जना रहेका छन् । धादिङमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ । बुधबार जिल्लाका बिभन्न स्थानबाट स्वाव संकलन गरी पठाएका ५९ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।बुधबारसम्मको तथ्याङ्क अनुसार धादिङमा ५ हजार ६ सय ३४ जनाको पीसिआर परिक्षण गरिएको छ,जसमध्ये ४ हजार ७ सय ६४ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्