बर्खायाममा सचेत बनौ ।

वर्खायाम सुरु भएसंगै पानी पर्न सुरु भैसकेको छ । गतवर्षहरुमा भन्दा यस वर्ष पानी पर्ने सिजन चाँडो सुरु भएसंगै ठाउँ ठाउँमा पहिरो जाने क्रम सुरु भएको छ । वर्खायाम सुरु हुनासाथ पहिरो जाने क्रम सुरु हुनुले यस वर्षदेखी आमनागरिकहरु सचेत हुनुपर्ने संकेत समेत गरिसकेको छ ।
हुनत गत वर्षहरुमा पनि आमनागरिकहरु सचेतनाका साथ बसेका थिए भने यो वर्ष पनि बर्खायाममा हुनसक्ने क्ष्तिको सम्भव्यताका बारेमा अनुमानहरु भैरहेका छन्, हामीले गरेको पूर्वानुमानहरु मेल खाला नखाला परको कुरा हो तर आमनागरिकहरु सचेत भने पक्कै हुनुपर्छ ।

हाम्रो विगतलाई सम्झने हो भने पनि प्राकृतिक प्रकोप, विपत्ति तथा अन्य कारणले पनि नेपालीहरुको ठूलो धनजनको क्षति हुनुका साथै निश्चित समयसम्मको लागि भयावह स्थिति व्यहोरि रहनुपरेको अवस्था छ, घटनाको सम्भाव्यताको अनुमान भैरहेको भएपनि लामो समय सम्म चुपचाप बस्ने र घटना वाप्राकृतिकप्रकोप वाविपत्ति परेपछि सरकारदेखी सरोकारवालालाई यस्तो विषयमा पनि गम्भीर बनेर वाध्यान दिएन भनेर गाली गर्ने परम्पराको पछि लाग्ने बानी हामीको छ, यसको अन्त्य गर्न समेत हामी प्रतिवद्ध भएर लाग्नुपर्ने हुन्छ ।

यस वर्षको वर्खायाम सुरु भएपछि खर्भरै मात्र पानी पर्ने सुरु गर्दा समेत कयौं सडकहरु भत्किइसकेका छन्, भने कयौं नागरिकका आवासहरु धरापमा परिसकेका छन् यसले के बताउँछ भने हाम्रा आगामी दिनहरु गम्भीर बन्नपनि सक्छ यसकारण सबै सचेत हुनुको विकल्प छैन ।
पछिल्ला वर्षहरुमा विशेषगरी गाउँगाउँमा बाटो खन्ने क्रममा धेरै ठाउँका जमिन कमजोर बनेर बसेका छन् ।

डोजरका कम्पनका कारण बलिया ठाउँ पनि हल्लिएका छन् ति ठाउँहरु वर्खाको पानीले जतिसुकै बेल पनि भत्काउन वा अझकमजोर पार्न सक्छ भन्ने कुरालाई समेत हामीले मनन् गर्नुपर्ने हुन्छ । पछिल्लो समय ठाउँ ठाउँमा सुख्खा पहिरो गैरहेको समेत समाचारहरुमा आउने गरेका छन् त्यसको एउटा प्रमुख कारक तत्व भनेको पहाडी क्षेत्रमा सडक खन्न लगाइएको डोजर पनि हो ।

जलवायु परिवर्तनका कारण पनि पानि पर्ने सन्तुलनमा केही फरकपन आएको अनुमान भैरहेको छ । पहिल्लो केही वर्षदेखी हाम्रो समय कस्तो छ भनेर मौषम पूर्वानुमान महाशाखाले करिब करिब मिलाइरहेको अवस्था त छ तर पनि हामीले त्यसको फलो नगरेका कारण कयौं पटक विपत्तिमा परेर उद्धारका काममा समेत समस्या उत्पन्न भैरहेका छन्, आम सरोकारवालाहरुले त्यसतर्फ ध्यान दिने र समुदाय स्तरमा सहजिकरण गर्न सक्नुपर्छ अन्यथा वर्षैपिच्छे घटनाहरु दोहोरिने र उद्धार तथा प्रकोपहरुका कारण ठुलो परिमणमा धनजनको क्षति व्यहोर्नुपर्ने हुन सक्दछ यसकारण अहिले भैरहेको अनियन्त्रित बस्तीकाो व्यवस्थापन देखी मानिसहरुको दैनिक आवतजवतको अवस्थालाई व्यवस्थित गर्न जरुरी छ ।

केही दिनअघि हावाहुरीका कारण यातायातमा सवार नागरिकको समेत ज्यान गएको कुरा हाम्रा मष्तिस्कमा ताजै छन् । यि र यस्ता खालमा घटनाहरु नदोहोरिनका लागि समयमै सचेत हुनुको विकल्प छैन आम सरोकारवालाहरुको ध्यान त्यता तिर जाओस् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्