अफ्रिकन स्वाइन फिवर नेपालमा !(सम्पादकीय)

धादिङ,१० बैशाख ।

घर पालुवा तथा जंगली सुंगुर वंगुरमा विषाणुका कारण देखा पर्ने अफ्रिकन स्वाइन फिवर (सुंगुर बंगुरको महामाी रोग) नेपालमा पहिलोपटक देखा परेको छ । कृषि तथा पुशुपंक्षी मन्त्रालय पशु सेवा विभागले एक विज्ञप्ति जारी गरी नेपालका विभिन्न स्थानहरुमा अफ्रिकन स्वाइन फिवर रोग प्रमाणीत भएको जानकारी समेत दिएको छ ।

विगत लामो समयदेखी अफ्रिकी मुलुकहरमा देखिएको अफ्रिकन स्वाइन फिवर सन् २०१८ मा चिनमा देखा परे पश्चात आसियान क्षत्रका मुलु हुँदै हाम्रो छिकेकी मुलुक चिन, भारत र भुटानमा हुँदै अहिले नेपालसम्म देखा परिसकेको छ । अफ्रिकन स्वाइन फिवर भित्रन नदिनको लागि नेपालका विभिन्न नाकाहरुमा रादिएको क्वारेन्टाइनमा कडाइका साथ काम गरिरहेको पशु स्वास्थ्य विभागले जानकारी दिइरहेको भए पनि यो रोग भित्रिएको छ ।

अहिे काठमाण्डौ यिस्थत कागेश्वरी मनोहरा क्षेत्र, कीर्तिपुर, चन्द्रगिरि क्षेत्र, टोखा र दक्षिणकाली क्षेत्र, ललितपरको गोदावरी क्षेत्र र भक्तपुरको चाँगुनारायण क्षेत्रमा रोग फैलिएको पुष्टि भएको छ । केही दिनको अन्तरालमा ठूलो संख्यामा सुंगुर वंगुरहरु मरेपछि रोगकोा शंकामा अष्टेलियाको रिफरेन्स प्रयोगशलामा उक्त रोगबारे भेरिफाइको लागि पठाइएकोमा अफ्रिकन स्वाइन फिवर भएको पुष्टि भएको हो ।

१ हजार भन्दा बढी संख्यामा बंगुर संगुरहरुमा स्वास्थ्य समस्या देखा परि मृत्यू भएका कारण सिंगो प्रदेश सरकार र सरोकारवाला मन्त्रालय मातहतका कार्यालयले यसलाई चासोका साथ हेरेको थियो । पहिलो चरणमा संगर बंगुरमा उच्च ज्वारो आउने, कान पुच्छर र पेटको तल्लो भागमा बाहिरि छालामा रातो मा धब्बाहरु देखा, छालामा निलो दागहरु देखा पर्ने, खाना नखाने वा न्ता गर्ने छेर्ने र चाल धरमराउने, तुहिने लगायतका लक्षणहरु सहित ठूलो संख्यामा बंगुरको मृत्यू भएको पाइएको थियो ।

यस प्रकारको रोगका कारण अहिले १०१९ वटा बंगुर तथा सुंगरहरु मरिसकेको तथ्याँकमा भेटिएको छ भने उक्त क्षेत्रमा थप अध्ययन भैरहेको जनाइएको छ, यति धेरै संख्यामा पशुको मृत्यू हुँदा त्यहाँका कृषकहरुको ठूलो धनको क्षति हुनुका साथै रोगको रोकथामका लागि सरकारलाई समेत चुनौती थपिएको छ ।

सरकारले पशुरोगको बारेमा सचेतना जगाइरहेको भए पनि कृषक स्तरबाट प्रभावकारी सुनुवाई नभएका कारण पनि यि र यस्ता खालका समस्याहरु भएका हुन सक्छन् । अहिले स्थानीय सरकार समेत क्रियाशील भैरहेको अवस्थामा यस्ता खालका रोग नियन्त्रण र उन्मुलनका लागि प्रभावकारी कार्यान्वयन गर्न जरुरी छ । संघ, प्रदेश र स्थानीय तीन तहको सरकार र नागरिकको हैसियतमा कृषक स्वयमबाट पनि रोग नियन्त्रण गर्न तयार रहेमात्र यो रोग नियन्त्रण गर्न सजिलो छ अन्यथा रोगको महामारीले जुनसुकै स्थिति पनि लिन सक्छ ।

यतिबेला रोग के र कस्तो छ भनेर अध्ययन गर्ने नभई कसरी रोक्ने भन्ने विषयलाई पहिलो प्राथमिकता दिनुपर्ने बेला भएको छ यसकारण सबै सरोकारवालाहरु एक जुट भएर त्यसतपर्फ अघि बढौं । यसमा नै तपाई हामी आम नेपालीहरुको हित हुनेछ, बेलैमा सोचौं ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्