स्वास्थ्य मापदण्ड पूरा गरी चिडियाखाना खोल्ने तयारी

गत चैत ७ गतेदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखाना स्वास्थ्य मापदण्ड पूरा गरी खोल्ने तयारी भएको छ ।लामो समयसम्म बन्द रहँदा जीव जनावरको खानपान र कर्मचारी व्यवस्थापन गर्न समस्या भएकाले खोल्न लागिएको चिडियाखाना व्यवस्थापन प्रमुख डा। चिरञ्जिवीप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

मास्क अनिवार्य ल्याउनुपर्ने, एक पटकमा सय मानिसलाई मात्र अवलोकन गर्न दिने, चिडियाखानाभित्र बसेर खान र जीव जनावरलाई खुवाउन, छुन नपाउने, एक व्यक्ति बढीमा डेड घण्टा मात्र बस्न पाउने, बालबालिकालाई खेलाउन नपाउनेजस्ता मापदण्ड तयार गरिएको छ। यसअघि झैं हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुने गरी नै मापदण्ड तयार गरिएको छ । हाल चिडियाखानामा एक सय १० प्रजातिका एक हजार ६८ वटा जीव जनावर रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्