खानीखोलामा ट्रकले ठक्कर दिँदा एक बालकको मृत्यु

धादिङको धुनिवेशी नगरपालिका स्थित खानीखोलामा ट्रकले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । बुधबार त्रिभुवन राजपथ अन्तर्गत काठमाण्डौबाट नारायणगढ तर्फ जाँदै गरेको ना ६ ख ४९४७ नम्बरको ट्रकले ठक्कर दिँदा धुनिबेशी नगरपालिका–७ निवासी ८ बर्षिय रितेश तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बालकको मृत्युपछि स्थानिय नागरिकहरुले राजमार्ग दुबैतर्फ बन्द गरेका छन् । घटना भएको केहि समयपछि एक तर्फि खुलेको राजमार्ग स्थानियहरुको अबरोधका कारण दुईतर्फी नै बन्द भएको ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिनुभयो । ठक्कर दिने ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्