प्रभु लाईफ ईन्स्योरेन्सद्वारा गर्यो १० लाखको घातक रोग बीमा दावी रकम भुक्तानी

प्रभु लाईफ ईन्स्योरेन्स लिमिटेड धादिङ शाखाले घातक रोग उपचार बीमा वापत आफ्ना एक जना ग्राहकलाई रू।१० लाख बीमा रकम भुक्तानी गरेको छ । मंगलबार धादिङबेशी स्थित प्रभु लाईफ ईन्स्योरेन्स लिमिटेड धादिङ शाखाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी ऋक्ष् दाबी भुक्तानी कार्यक्रम अन्तरगत नीलकण्ठ नगरपालिका वडा नं १० का २५ बर्षिय नारायण बस्नेतलाई रू।१० लाख बीमा रकम भुक्तानी गरिएको हो ।

बस्नेतलाई ब्लड क्यान्सर रोगको उपचार वापत उक्त रकम भुक्तानी गरिएको प्रभु लाईफ ईन्स्योरेन्स लिमिटेड धादिङ शाखाका प्रमुख बिष्णु प्रसाद ढुङ्गानाले बताउनुभयो । कम्पनिको नियमअनुसार बिभिन्न ११ किसिमका रोग लागेका बिमितिहरुलाई बिमाङ्क बराबरको रकम उपलब्ध गराउदै आएको ढुङ्गानाले बताउनुभयो ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रभु लाईफ ईन्स्योरेन्स लिमिटेड बागमती प्रदेश प्रमुख सागर केसीले दुरदराजमा रहेका नागरिकहरुलाई बिमा सम्बन्धी जानकारी गराउन आवश्यक रहेको बताउनुभयो । कम्पनिले जिवित व्यत्तिको मात्रै बिमा गराउदै आएको भन्दै उहाँले देशभर ९० वटा शाखा तथा उपशाखाबाट सेवा प्रदान गरिदै आएको समेत बताउनुभएको छ । अहिले कम्पनिमा बढिमा ११ प्रकारका घातक रोगहरुको १० लाख सम्मको बिमा गराउदै आएको र आगामी दिनमा १८ प्रकारका रोगको बिमा गरी ५० लाखसम्मको बिमा गर्ने योजना रहेको बताउनुभएको छ ।

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारी९शैलेश०ले बिरामीलाई सहज तरिकाले रकम भुक्तानी गरेकोमा धन्यबाद व्यक्त गर्दै जुनसुकै बिमा कम्पनिहरुले पनि ईमान्दारिता र सहज तरिकाले रकम भुक्तानी गर्न आग्रह गर्नुभएको छ ।

प्रभु लाईफ ईन्स्योरेन्स लिमिटेड धादिङ शाखा प्रमुख बिष्णु प्रसाद ढुङ्गानाको अध्यक्ष्यतामा सम्पन्न भएको कार्यक्रममा प्रभु लाईफ ईन्स्योरेन्स लिमिटेड बागमती प्रदेश प्रमुख सागर केसीको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारी९शैलेश० र महालक्ष्मी बिकास बैङ्क धादिङ शाखाका प्रमुख खिल प्रसाद सिलवालको बिशेष आतिथ्य रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्