देशभर संक्रमितको संख्या दुई लाख २२ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख २२ हजार २ सय ८८ पुगेको छ । आज देशभर बिभिन्न स्थानमा गरिएको परीक्षणमा थप १९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उल्लेख गरेको छ ।

हिजो आईतबार १६ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र ३ हजार ४३ जना डिस्चार्ज भएसँगै दुई लाख २ हजार ६७ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

अहिले देशभर १८ हजार ८ सय ८४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ३७ पुगेको छ ।

मन्त्रालयको तथ्यांक अनुसार २४ घण्टाभित्र देशभरका विभिन्न ल्याबमा जम्मा १० हजार ३ सय ८१ नमुना परीक्षण भएको छ । यससँगै हालसम्म देशभर १६ लाख ७० हजार ४ सय ५६ पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्