आसमान नेपालद्धारा विपन्न बिधार्थीलाई व्याक टु स्कुल किट सामग्री वितरण

धादिङको दश विद्यालयका विपन्न बिधार्थीहरुलाई व्याक टु स्कुल किट सामग्री वितरण गरिएको छ । विभिन्न कारणले बिचैमा विद्यालय छाडेका र छाड्ने सम्भावना भएका धादिङका विभिन्न १० विद्यालयका ७ सय ६० जना विपन्न बिधार्थीहरुलाई सामग्री वितरण गरिएको हो । डिएफआईडिको आर्थिक सहयोग तथा भिएसओ नेपालसँगको साझेदारीमा आसमान नेपालद्धारा संचालित बहिनी शिक्षाका लागी दिदी कार्यक्रम भाग २ अन्तर्गत उक्त सामग्री वितरण गरिएको आसमान नेपालका धादिङका जिल्ला संयोजक सुनिल केसीले जानकारी दिनुभयो ।

पाल सरकारले तयार पारेको विभिन्न स्व स् अध्ययन सामग्रीहरुलाइ पुन प्रकाशन गरि कक्षा ७ र ८ का छात्र÷छात्राहरुलाई क्रमश स् २ सय १६ र २ सय ३३ थान वितरण गरिएको आसमान नेपालका धादिङका जिल्ला संयोजक सुनिल केसीले जानकारी दिनुभयो ।
त्यसैगरी लामो समयदेखि शैक्षिक क्षेत्रमा परेको प्रभावलाई कम गर्न तथा बालबालिकाहरुको सिर्जनात्मक क्षमताको विकास गर्नका लागि गान्धीको जिवनी, द्धन्द्धको कथा, निवन्धका पुस्तकहरु, र अग्रेँजी व्याकरण गरी १ सय ५५ थान वितरण गरिएको समेत केसीले बताउनुभयो ।
सामग्री वितरण गरिएका बिधालयहरुमा बेनिघाट रोराङ गाउँपालिकाको राष्ट्रिय मा।वि, राष्ट्रिय आ।वि, गोईराङ आ।वि, शंखादेवि मा।वि रहेको छ । त्यस्तै सिद्धलेक गाउँपालिकाको अकलादेवि मा।वि, पञ्चमुखि मा।वि, र कालिदेवि मा।वि, गगाँजमुना गाउँपालिकाको बसेरी मा।वि, शिवालय मा।वि र निलकन्ठ नगरपालिकाको कर्णेश्वर मा।वि रहेको छ ।

आसमान नेपाल र व्रिटिस काउन्सिलद्धारा संचालित इडिजिइ समुहका सदस्यहरुलाई समेत २ सय ५५ थान स्वअध्ययन सामग्रीहरु वितरण गरिएको छ । कोभिड १९ लगाएत अन्य कारणले बालबालिकाहरुले विचैमा विद्यालय छाड्नु नपरोस र यी सामग्रीहरुले सहायता पुग्ने अपेक्षा सहित सामग्री वितरण गरिएको आसमान धादिङका कार्यक्रम र्सयोजक सन्तोष सत्यालले जानकारी दिनुभयोे । स्वअध्ययन लगाएतका अन्य शैक्षिक सामग्री पाएसगैँ आर्थिक रुपले विपन्न विद्यार्थीहरुलाइ विचैमा विद्यालय छाड्नुपर्ने बाध्यता समेत टरेको पञ्चमुखी मा।वि मैदानका प्र।अ महेश कुमार श्रेष्ठले बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्