बजारमा पाँच रुपैयाँ र दश रुपैयाँका नयाँ नोट

नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ र दश रुपैयाँका नयाँ नोट बजारमा पठाएको छ । राष्ट्र बैंकले पहिलेकै आकार र रंगमा पाँच रुपैयाँको नोटमा संकेत नम्बर थर ३४ ०००००१ देखि नर ५४९९९९९९ सम्म राखेर बजारमा पठाएको जनाएको छ ।

पाँच रुपैयाँको नोटको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, गभर्नर महाप्रसाद अधिकारीको दस्तखत र बोर्डर लाइनमा वि।सं २०७६ लेखिएको छ । यस्तै पछाडिको भागको बोर्डर लाइनमा पनि द्दण्द्दण् ब्म् लेखिएको छ ।

यस्तै १० रुपैयाँको नोट पनि पहिलेकै रंग र आकारमा संकेत नम्बर ढर ८२ ०००००१ देखि दर ४५ ९९९९९९ सम्म राखेर बजार पठाइएको राष्ट्र बैंकले जनाएको छ । नोटमा पहिले जस्तै अग्रभागको दायाँतर्फ लालीगुराँसको पानी छाप बायाँतर्फ सगरमाथा, गभर्नर महाप्रसाद अधिकारीको दस्तखत र बोर्डर लाइनमा वि।सं २०७६ लेखिएको छ । यस्तै पछाडिको भागको बोर्डर लाइनमा पनि द्दण्द्दण् ब्म् लेखिएको छ।९उज्यालो०

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्